१ कार्तिक २०८३, शनिबार

नयाँ शक्ति कतारको भेला सम्पन्न, सहयोग गर्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13957006_10205551932597267_490351995_n– ध्रुब क्षेत्री

कतार । अन्तर्राष्ट्रिय नेपाली समाज कतार नयाँ शक्तिको भेला शुक्रबार सम्पन्न भएको छ ।

भेलामा अन्तरिम केन्द्रीय परिषद कतारका सदस्य, सचिवालय र सल्लाहकारहरुको उपस्थिति रहेको थियो । दोहास्थित बिक्रम्पुर रेस्टुरेन्टको मिटिंग हलमा संयोजक बी.बी.खराल रोसनको अधक्ष्यतामा सम्पन भेलाले विभिन्न निर्णयहरू गरेको छ ।

भेलामा कतारमा संगठनको समसामयिक अबस्था, संगठनलार्इ व्यवस्थित बनाउने निर्णय गरेको छ । सबै पधादिकारीहरुको कार्यक्षेत्रसहित कार्य योजना , साउदी जेलमा कैदी जीबन बिताइरहेका काभ्रेका रामचन्द्र तिमलसिनालार्इ उद्धारको लागि आगामी शुक्रबारसम्म केही रकम उपलब्ध गराउने, कतारको ओक्रा क्षेत्रमा करिब १५ महिनादेखि नारकीय अवस्थामा रहेका २८ जना नेपाली कामदारको रोजगारदाताबाट तलब सुबिधा उपलब्ध गराई नेपाल फर्कने बातावरण बनाउन नेपाली राजदूतावास कतारसंग सहकार्य गर्ने निर्णय भएको छ ।

नयाँ शक्ति कतारबाट नयाँ शक्ति पार्टी नेपालको आठौ प्रदेश (क्षेत्र) मानिएको बिश्वका करिब ४० राष्ट्रबाट प्रतिनिधित्व हुने गरी निर्माण गरिएको नयाँ शक्ति प्रादेशिक बिभाग (विदेश बिभाग)को सदस्यमा मनोनीत भएका संयोजक रोसन, संगठन बिभाग प्रमुख लाल भट्ट, सहसंयोजक दुर्गा सुनार, सचिब राम संजेल, प्रवक्ता ध्रुब क्षेत्री, युवा संयोजक होम उप्रेती, सल्लाहकार इन्जिनियर हरिश, सल्लाहकार पिर बक्श मिया, अलखोर छेत्रीय संयोजक निमा लामा, दोहा क्षेत्रीय संयोजक हिमाल बिश्वकर्मा, महिला नेत्री शीतल उप्रेतीलाई बधाई दिइएको थियो ।