युएइ । युएइको मुटु मानिने युएईको दुबई सहरस्थित अलकुज औधोगिक क्षेत्रमा नेपालीको प्रत्यक्ष लगानीमा नयाँ कम्पनी खुलेको छ ।
शंकरप्रसाद न्यौपाने र गणेश पाण्डेको संयुक्त लगानीमा खोलिएको उक्त कम्पनीको नाम जी.के.एस . टायर फिक्सिंग एण्ड विल अलिजमेन्ट सर्भिस एल.एल.सी. रहेको छ । यो कम्पनीमा पुराना गाडीको मर्मत सम्भार हुनेछ ।
कम्पनीको उद्घाटन कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, बिजनेस काउन्सिलका प्रतिनिधि, नेपालि व्यवसायी, पत्रकार लगायतको बाक्लो उपस्थिति थियो ।
प्रमुख अतिथि बिजनेस काउन्सिल युएइका उपादक्ष एकेन्द्र थापा उपस्थित सो उद्घाटन समारोहमा एकेन्द्र थापा, प्रिन्सेस कोइराला, नेत्र शर्माले संयुक्त रुपमा रिबन काटेलगतै औपचारिक रुपमा कम्पनीको काम सुरु भएको थियो ।
कम्पनीले विभिन्न प्रकारका मोटर गाडीका टायर सम्बन्धि, इन्जिन, सर्भिसिङ्ग वाइरिङ्ग, डेंन्ट–पेन्ट लगायतका काम गर्नुका साथै पुराना गाडीहरुको किनबेच समेत गर्ने संचालक शंकरप्रसाद न्यौपानेले बताए ।
















प्रतिक्रिया