१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा बिरामीलाई फलफूल बितरण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cdo k

– कृष्ण ओझा

पाँचथर, २८ साउन । जिल्ला युवा समिति पाँचथरको आयोजनामा पाँचथर अस्पतालका बिरामीहरुलाई फलफूल बितरण गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अस्पतालका २८ जना बिरामीहरुलाई फलफूल बितरण गरीएको प्रेस चौतारीका अध्यक्ष तुलशी थापाले जनाए ।

प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय बिकास अधिकारी कोमलप्रसाद धमला लगायत कार्यालय तथा स्थानीय युवाहरुको सहभागीता थियो ।