३० आश्विन २०८३, शुक्रबार

पलायोन्मुख प्रचण्ड

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BB-shrestha-511x600– वि.वि. श्रेष्ठ

अन्ततः व्यक्तिगत कुष्ठा, भय र अन्तिम संघर्षको स्वरुप अधिनस्थ रहेर प्रचण्ड प्रधानमन्त्री वनिछाडे । मर्ने वेलामा पनि हरेक प्राणीले आफनो भएभरको शक्ति प्रयोग गर्ने गर्दछन् । यो स्वाभाविक र यथार्थ नै हो । त्यहि सिद्धान्त प्रचण्डका हकमा देखिएको छ । हिजो जनयुद्ध गर्दा प्रमुख शत्रु भारत हो भनेर भारतको विरुद्धमा सुरुङ्ग युद्ध छाड्ने उद्घोष गरेका प्रचण्ड शान्तिप्रक्रियामा आईसकेर देशको पहिलो गणतान्त्रिक प्रधानमन्त्री होस वा विभिन्न कालखण्डमा भारत विरोधी र राष्ट्रवादी छविका देखिन भरमग्दुर प्रयासरत रहे । तर प्रचण्डको त्यो राष्ट्रवादी अडान फगत सत्ता प्राप्तिका लागि मात्र रहेछ भन्ने कुरा विभिन्न घटनाक्रमले प्रमाणित गरेको छ । पहिलो चोटी प्रधानमन्त्री पदवाट कटवाल प्रकरण मा नैतिकताका कुरा उठाउदै राजिनामा दिएका प्रचण्ड त्यसपछिका माधव कुमार नेपाल प्रधानमन्त्री हुदाँ राष्ट्रियताका मुद्धा उठाउदै सिमा रक्षाका लागि भन्दै भारतिय नाका सम्म पुगेर भारतका हस्तक्षेपकारी भुमिका रहेको र त्यसको विरुद्ध आन्दोलन गर्न भन्दै जनता उक्साउन सम्म पछाडी परेनन । त्यसपछिका विभिन्न कालखण्डमा पनि नेपाल र नेपालका राजनैतिक दलहरु केवल प्रभुका ईशारामा चलेको र प्रभु सग नै निर्णायक वार्ता गर्ने भन्दै भारतको नेपालमा प्रत्यक्ष हस्तक्षेपकारी भुमिका रहेको यथार्थतालाई आत्मासाथ गरेका थिए । आफु सरकार र सत्तामा रहँदा असल छिमेकी हुने र वाहिर हुदाँ हस्तक्षेपकारी भुमिका देख्ने प्रचण्डको दिवास्वप्नले नेपालको राजनितिलाई अस्थिर वनाउन महत्वपुर्ण भुमिका खेलिरहेको छ । पहिलो संविधान सभाको निर्वाचनमा पहिलो शक्ति हुदाँ भएको दम्भलाई उचित व्यवस्थापन गर्न नसक्दा दोश्रो संविधान सभाको निर्वाचनमा आईपुग्दा तेश्रो शक्ति वनेको तत्कालिन एमाओवादी अव भने आफनो अस्तित्व जोगाउन का लागि अन्तिम लडाई लड्दै छन् । जुन लडाईले उसको अस्तित्वलाई यथार्थवोध गराउदछ । काग्रेस र माओवादीको समिकरण हुनुपुर्व वनेको सरकारमा पटक पटक नेतृत्व गरेको र त्यस समय सम्म पनि भारतको विस्तारवाद नेपालका राजनिति र भुभागमा समेत रहेको आँकलन गरेको प्रचण्ड नयाँ संविधान जारी हुनु अगाडी सम्म नेपालका राजनैतिक शक्ति हरु नै एक भएर संविधान निर्माण र देश विकासमा लाग्नु पर्नेमा कटिवद्ध रहेको पाईन्थ्यो । नयाँ संविधान घोषणा हुनासाथ नेपालका राजनैतिक दलहरुमा आफनो पकड नहुने देखेको भारत अन्तत नेपालको संविधान घोषणा सँगै नेपालमा अघोषित नाकावन्दी लगाएर नेपालको हरेक निर्णायक भुमिकामा आफनो भुमिका स्थापित हुनुपर्ने नजिर स्थापित गराउन चाहन्थ्यो । तर संविधान घोषणा पछि वनेको केपी ओली नेतृत्वको सरकारले भारतलाई नै चुनौती दिदै उत्तरी चीन सँग समेत पारवहन सन्धी, विकास र विभिन्न राष्ट्रिय स्वाभिमानलाई उँचो राख्ने कामवाट तर्सिएको भारत अन्ततः नेपाली काग्रेस जस्तो भष्टाचारी, सत्तालोलुपता पार्टीमाार्फत अन्तत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रवादी छवि वनाउन सफल ओली सरकारलाई विस्थापित गराईछाड्यो ।

सरकारमा जानका लागि विभिन्न शक्ति केन्द्रहरुसँग विभिन्न सम्झौता गरेका प्रचण्डका अगाडी भन्ने र गर्ने व्यवहारमा आकाश जमिनको असमानता पाउन सकिन्छ । किनकि देश र जनताका पक्षमा काम गर्नका लगि भारत लगायत का शक्ति हरु ले दिनेछैन । टाउको माथि तरवार राखेर प्रधानमन्त्रीका कुर्सिमा आसिन भएका प्रचण्ड जसरी पनि प्रधानमन्त्रीमा निरन्तरताका लागि जस्तो निर्णय गर्न सक्नेछन । त्यसैले प्रचण्ड यस्तो अवस्थामा पुगिसके कि उसको अन्तर आत्माले चाहदैमा केहि कुरा गर्न सक्दैनन । अतः प्रचण्डवाट देश र जनताका लागि केहि कुरा आउने भनेको केवल भन्नकालागि मात्र हो गर्नका लागि होईन भन्ने कुरा वुझन अब धेरै घोत्लिन पर्देन ।

सशस्त्र जनयुद्ध र शान्ति प्रक्रियामा आईपुगेपछि पनि आम जनतामा माओवादी प्रति जनताको आर्कषण रहेको कुरामा पहिलो संविधान सभामा माओवादीलाई प्राप्त नतिजाले पनि प्रमाणित गरेको थियो । त्यसवेला सम्म प्रचण्डमा देश र जनताप्रति उत्तरदायी भएको पाउन सकिन्थ्यो । जव सत्ता हुदै सदनमा समेत आफनो भुमिका खुम्चिदै गयो तव संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु वेच्ने विगतको भनाईलाई नै माथ दिदै चीनवाट सांसद खरिद विक्रीका लागि ठुलो रकम आएर सत्ता टेकाउने मेलोमा लागेको कुरा प्रष्ट भयो । हिजो जनतासामु गरेको विभिन्न प्रतिवद्धतालाई मिल्काउदै जतावाट पनि सत्ता र सरकारमा रहने र राष्ट्र दोहन गर्न पल्केको प्रचण्ड लडाकुका नाममा निकासा भएको रकम होस वा शहिद तथा वेपत्ता परिवारका नाममा निकाशा भएको रकम घोटलामा झन नाङ्गिदै गयो ।

हिजो जनयुद्धकालमा आतंकवादी दाउद ईवाईमसँग मिलेर हतियारको खरिद विक्री होस वा अन्य अपराधिक गतिविधीमा संलग्न भएको आरोपमा छिमेकी राष्ट्र भारत ले गरेको व्ल्याकमेलिङ्ग ले गर्दा भारत विरोधी गतिविधि गर्न प्रचण्ड अव तैयार छैनन । सधै भारतले प्रचण्डलाई त्यहि घटनालाई लिएर नेपालमा आफनो भुमिका स्थापित गर्न प्रचण्डमार्फत लागिरहेको छ । दाउद ईवाह्रिम सँग जोडिएका घटनालाई प्रचण्डले कहिल्यै पनि खण्डन गर्न सकेका छैनन । यसको मतलव आतंककारी दाउद ईवाहिम सँग प्रचण्डको सम्पर्क भएको कुराको प्रमाण्ति गर्दछ । यहि विषयलाई देखाउदै भारत प्रचण्डमार्फत नेपालमा आफनो अधिनायकवादी रवैया देखाउन उद्यत देखिन्छ । जसलाई नेपाली काग्रेस जस्तो निरन्तर सत्तासिन र नेपालको सवैभन्दा ठुलो राजनैतिक दलको समेत संमर्थन देखिन्छ । नेपालमा ओली सरकार अत्याधिक लोकप्रिय भएको र भारतको दास नहुने सार्वजनिक रुपमा दिएको अभिव्यक्ति र व्यवहारले अन्तत ओली सरकार विस्थापित गराउन महत्वपुर्ण भुमिका खेल्यो । संविधान जारी हुने वेला सम्म अत्यन्त राष्ट्रवादी देखिएको प्रचण्ड यो कालखण्डसम्म आईपुग्दा अति नै धेरै त्रासमा रहेको वुझन सकिनछ । जुन यथार्थ नजिक रहेको पाईन्छ । एक त जनताका नजरमा आफनो सकिसकेको भुमिका वुझको प्रचण्ड जसरी हुन्छ सरकारमा गएर आफनो र आफनो पार्टीको भुमिका समेत स्थापित गर्ने र विस्तृत शान्ति सम्झौता अन्र्तगत का विभिन्न सम्झौताहरुलाई निष्कर्षमा पुरयाउन सकिने झिनो आशा पालेका प्रचण्डको सायद यहि नै अन्तिम अस्त्र हुने कुरामा भने विश्वस्त रहेको पाईन्छ ।

Prachanda

केपी ओली सरकारको भुमिकाले सिगो राष्ट्रलाई नै एकत्रित गरेर राष्ट्रवादको चर्को नमुना सिकाएको अवस्थामा आफनो भुमिका समाप्त हुने ठानेको प्रचण्ड जसरी पनि सरकारमा गएर आफनो अस्तित्व स्थापनाका लागि भरमग्दुर प्रयास गर्नेमा कुनै दुविधा छैन । तर सरकारमा जानका लागि विभिन्न शक्ति केन्द्रहरुसँग विभिन्न सम्झौता गरेका प्रचण्डका अगाडी भन्ने र गर्ने व्यवहारमा आकाश जमिनको असमानता पाउन सकिन्छ । किनकि देश र जनताका पक्षमा काम गर्नका लगि भारत लगायत का शक्ति हरु ले दिनेछैन । तरवार टाउको माथि राखेर प्रधानमन्त्रीका कुर्सिमा आसिन भएका प्रचण्ड जसरी पनि सरकार प्रमुख हुनका लागि जस्तो पनि प्रकारका गतिविधि गर्न सक्छन भन्ने कुरा विगतका घटनाक्रमले पनि देखिसकेको छ । त्यसैले प्रचण्ड यस्तो अवस्थामा पुगिसके कि उसको अन्तर आत्माले चाहदैमा सवै कुरा गर्न सक्दैनन । अतः प्रचण्ड वाट देश र जनताका लागि केहि कुरा आउने भनेको केवल भन्न का लागि भात्र हो गर्न का लागि होईन भन्ने कुरा वुझन अव घोत्लिन पर्देन । प्रचण्ड अव हिजोको प्रचण्ड रहेनन् । उनि त केवल नेपालका प्रधानमन्त्रीका रुपमा केहि समयकालागि मात्र आशिन व्यक्ति हुन् । जुन कुर्सिमा वसेर उसले राष्ट्रका लागि नभै भारत र अधिनायकवादी शक्तिका लागि मात्र काम गर्नेछन् । जुन दिन उनले भारत को विरुद्ध र नेपाली जनताका पक्षमा काम गर्नेछन् । त्यस दिन देखि नै कुर्सि धरापमा पर्ने कुरामा दुविधा छैन । प्रचण्ड जति दिन कुर्सिमा रहुन्, यहि आशा र कामना गरौ कि देश र जनतालाई नै खण्डित गर्ने र दीर्घकालिन प्रभाव पार्ने कुनै पनि निर्णयहरु नगरुन् । यसैमा नै देश र जनताका लागि मात्र होईन प्रचण्ड र माओवादी केन्द्रलाई नै हित हुनेछ । नत्र देश र जनता त भारतको विस्तारवादमा चुर्लम्म डुव्छन् नै प्रचण्ड आफै पनि विलिन भएर जानेछन् ।