१ कार्तिक २०८३, आइतबार

वरिष्ठ गीतकार खरेलको एकल साँझको यसरी हुँदैछ तयारी, कमाण्डर राजु सिंह

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yadav-kharelकाठमाडौं, २८ साउन । वरिष्ठ गीतकार यादव खरेलका रचनामा रेकर्ड भएका फिल्म र आधुनिक गीतहरूको एकल साँझ हुने भएको छ ।

वरिष्ठ गीतकार खरेलद्वारा रचित गीतहरूको ‘एकल साँझ अविरल यात्रा– २०७३’ साउन ३१ र ३२ गते दुई दिन काठमाडौंमा हुन लागेको हो । एकल साँझको संगीत संयोजन एवम् परिचालक गर्ने जिम्मेवारी वरिष्ठ संगीतकार राजु सिंहले पाएका छन् । संगीतकार सिंहले एकल साँझलाई भब्य बनाउन दिनरात मिहिनेत गरिरहेका छन् ।

एकल साँझमा खरेलद्वारा रचित गीतहरूलाई योगेश बैद्य, सत्यराज आचार्य, स्वरुपराज आचार्य, मिलन अमात्य, देबिका बन्दना, लोचन भट्टराई र उदय सोताङले स्वर दिनेछन् ।

संगीतकार सिंहले खरेलका गीतहरूको एकल साँझको संगीत संयोजन गर्न पाउँदा आफूलाई ठूलो जिम्मेवारी बहन भएको बताए ।

‘गीतकारको एकल साँझ हुन थालेको यो पहिलो पटक हो’, सिंहले भने, ‘अविरल एकल साँझलाई सफल बनाउने दायित्व मसहितको टिमलाई छ ।’

संगीतकार सिंहले एकल साँझमा धेरै भ्वाइलिन प्रयोग गर्दैछन् । उनले आफ्नो समूहमा दर्जन बढी भ्वाइलिन बाध्यबादकहरूलाई राखेका छन् ।Music-Composer-Raju-Singh

संगीतकार सिंहले भ्वाइलिनमा गणेश परियार, मोहनकृष्ण कार्की ढली, नारायणदास कार्की ढली, नारायणदास कार्की ढली, केशव सुनाम, मनोहर सुनाम, रविन कार्की ढली, निरज कार्की ढली, विनिता कार्की ढली, बालगोपाल महर्जन, अभिषेक कार्की ढलीलाई जिम्मेवारी दिएका छन् ।

गितारमा माणिकमान सिङ्, सुरज प्रधान श्रेष्ठ, सोखिन सिंहले जिम्मेवारी पाएका छन् भने ड्रमसेटको जिम्मेवारी सुन्दर महर्जनको छ ।

तबल कुमार माहाराज सिंह, भुवन गन्र्धवले बजाउने छन् भने रुपेश सिंहले अक्टोप्याडको जिम्मेवारी पाएका छन् ।

ढोलक भने सुधिर चौधरी र महेश मणिले बजाउने छन् । इफेक्टको जिम्मेवारी शम्भु बानियाँ र बाँसुरीमा नगेन्द्रविक्रम राईले जिम्मेवारी पाएको संगीतकार सिंहले बताए । किबोर्ड भने दिनेशराज रेग्मीले बजाउनेछन् ।

एकल साँझमा नेपाः साउण्डले आफ्ना म्युजिक सिष्टम प्रयोग गर्ने सिंहले बताए । ‘साउण्ड सिष्टममा मैले विशेष जोड दिएको छु’, संगीतकार सिंहले भने, ‘नेपाः साउण्डले राम्रो व्यवस्थापन गरिदिएको छ ।’

साउन ३१ र ३२ गते दुई दिनसम्म हुने एकल साँझलाई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनेछ । अपरान्ह पाँच बजेदेखि सात बजेसम्म दुई घण्टा अविरल एकल साँझ हुनेछ ।