१९ कार्तिक २०८३, बिहिबार

प्युठानका बाढी पहिरो पीडितलाई जीग्री-पाँडेको राहात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahat

काठमाडौं, २८ साउन । जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पिडितलाई राहात वितरण गरेको छ । भूकम्प पश्चात सामाजीक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पिडितलाई सहयोग वितरण गरेको हो ।

हाँस्य कलाकार कुमार कट्टेल (जीग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज), अशोक धिताल (बाहुन डन), राम थापा लगायतको टोली प्रभावित स्थानमै पुगेर राहात वितरण गरेका हुन् । सय परिवार बाढी पहिरो पिडितलाई एक एक बोरा चामल, म्याट, औषधीलगायतका सामग्री उनीहरुले वितरण गरेका छन् ।

म्युजीक भिडियोको पारिश्रमीक १ लाख रुपैँया राहात सामग्री खरिदका लागि खर्च गरीएको कुमार कट्टेलले जानकारी दिएका छन् । आफ्नो पारीश्रमीकमा अन्य सहयोगी हातहरुको सहयोग थप गरेर पहिलो चरण अन्र्तगत प्रतिष्ठानले प्युठानमा राहात वितरण गरेको उनले बताएका छन् ।

पीडितहरुको अवस्था नाजुक रहेकाले सहयोगी हातहरुको ठूलो आवश्यकता रहेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको भनाई छ । अब अर्को चरण अन्र्तगत गुल्मी र झापाका बाढी पहिरो पिडित समक्ष पुग्ने उनीहरुको योजना छ । अब समाजीक काममा सक्रिय रहने प्रतिष्ठानले जनाएको छ ।