१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा इन्जिन स्टार्ट गर्दा ट्याक्सीमा आगलागी, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taxi-ago
फाइल तस्वीर

काठमाडौं, २८ साउन । राजधानीमा इन्जिन स्टार्ट गर्ने क्रममा ट्याक्सीमा आगलागी भएपछि दुई जना घाइते भएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–५ थानकोट सरस्वतीस्थानमा वा.१ ज ५९३४ नम्बरको ट्याक्सी स्टार्ट गर्ने क्रममा शुक्रबार अचानक आगलागी हुँदा ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका–४ बाणभन्ज्याङ बस्ने ३० वर्षीय दिनेश तामाङ र उनका साथी सोही ठाउँ बस्ने २७ वर्षीय सूर्यबहादुर तामाङ जलेर घाइते भएका छन् ।

उनीहरुलाई तत्काल उपचारको लागि बीर अस्पताल लगिएको र अवस्था बोल्न सक्ने रहेको छ । ट्याक्सीको अगाडिको भाग जलेर क्षति भएको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।