१९ कार्तिक २०८३, बिहिबार

युवाले गाउँ छोडेपछि सम्बन्धविच्छेदको क्रम बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

divorc

पोखरा, २८ साउन । तनहुँ जिल्लामा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म १९९ जोडीको सम्बन्धविच्छेद भएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

सो अवधिमा २४३ वटा सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता भएका थिए । जिल्लामा अघिल्लो वर्ष १८९ जोडीको सम्बन्धविच्छेद भएको थियो ।

घरेलु हिंसा, वैदेशिक रोजगार र सामाजिक सचेतनाका कारणले नै सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि हुँदै गएको अदालतका नासु कृष्णप्रसाद गौतमले बताउनुभयो । रासस