२८ आश्विन २०८३, बुधबार

बाँझोपनका विषयमा नेपाल र भारतका चिकित्सकबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex

निर्मल अर्याल

काठमाडौ, ७ भदौ । निसन्तानको कारण, त्यसको सही पहिचान र समस्याको समाधानका लागि विश्वव्यापी अभ्यासमा रहेका उपचार पद्धति र तिनको सफलताका विषयमा भारत तथा नेपालका वरिष्ठ चिकित्सकहरुबीच राजधानीमा छलफल भएको छ ।

हेल्थ कन्सर्न नेपालको पहलमा भारतको नोभा इभि फर्टिलिटी सेन्टरबाट आउनु भएका चिकित्सकद्धय डाक्टर नलिनी महाजन र डाक्टर सालु गुप्ताले नेपालमा विज्ञ चिकित्सकहरुसँग बाँझोपनका विविध पक्षहरुबारे छलफल गर्नु भएको हो । छलफलका क्रममा विज्ञ चिकित्सकहरुले नेपालमा कसरी बाँझोपन निवारण गर्न सकिन्छ भन्ने विषयमा आफना अनुभवहरु आदानप्रदान गर्नु भएको थियो ।

छलफलका क्रममा चलाइएको निरन्तर मेडिकल शिक्षा, सिएमई अत्यन्तै लाभदायक भएको विज्ञ चिकित्सहरुले बताएका छन् । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै हेल्थ कन्सर्नका प्रमुख कार्यकारी डाक्टर सुवास प्याकुरेलले यस्ता छलफलले नेपालको स्वास्थ्य क्षेत्रलाई गतिशिल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी धन्यवाद ज्ञापन गर्दै नोभा इभि फर्टिलिटी सेन्टरका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख शैयद जिया अख्तरले भारतले पनि स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने तहमा पुग्नका लागि अन्य राष्ट्रहरुको प्रविधि र अनुभवलाई स्वागत गर्दै विभिन्न राष्ट्रबीच साझा कार्यक्रम बनाउने गरेको जानकारी दिनुभयो । कार्यक्रम नेपाल सोसाइटी अफ अब्स्टे«टिसियन एण्ड गाइनेकोलिजिस्टका अध्यक्ष डाक्टर पुष्पा चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।