१९ कार्तिक २०८३, बिहिबार

बाढीपहिरो पीडित प्युठानका १ सय ५ घरधुरीलाई खाद्यान्न सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pyuthan-badhi-piditlai-rahat-4

– नरेश केसी

प्युठान, २७ साउन । बाढी पहिरो पीडित प्युठानका १ सय ५ घरधुरीलाई रुपन्देहीका संघसंस्थाले खाद्यान्न सहयोग गरेका छन् ।

प्युठान रुपन्देही सम्पर्क मन्चको नेतृत्वमा नीमा प्रतिमान मेमोरियल हेल्थ इन्सीच्युट, सृजनसील हातहरु तथा रुपन्देहीका विभिन्न संघसंस्थाका एवं सहयोगी व्यक्तित्वबाट उठेको खाद्यान्न प्युठानमा वितरण गरिएको हो ।

जिल्लाको पुजा गाविसका ४० घरधुरी, अर्खाको २५ घरधुरी, रजबारा २५ घरधुरी, खुंगका ८ घरधुरी, लिवांगका ५ घरधुरी र नारिकोट गाविसका २ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

Pyuthan-badhi-piditlai-rahat-3

उक्त संस्थाले खुंग गाविसको सालीविसौनामा एक कार्यक्रमको आयोजनागरी ती पीडित परिवारलाई राहत वितरण गरेको हो । कार्यक्रममा प्युठान रुपन्देही सम्पर्क मन्चका अध्यक्ष लोकराज पोखरेल, सचिव बाबुराम एमसी, कोषाध्यक्ष श्याम पोखरेल, धर्म बहादुर केसी, नरेश केसी, चोपलाल आचार्य, जेबी क्षेत्री, गणेश जिसी, पुरन गुरुंगसहितको टिमले सालीविसौनामा पुगी बाढीपहिरो पीडितलाई राहत प्रदान गरेका हुन् ।

सम्पर्क मन्चका अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपाने, गौमुखी उच्च माविका प्राचार्य अर्जुन बहादुर केसी, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पितबहादुर एमसी, प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटका प्रबन्ध निर्देशक धर्म बहादुर केसी, पुर्व राज्यमन्त्री गिरबहादुर केसीका सुपुत्र विशाल केसी, बाचुन केसी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधी, गाविस सचिवहरु, सुरक्षा निकायका प्रतिनिधीको रोहरमा राहत हस्तान्तरण गरिएको हो ।

Pyuthan-badhi-piditlai-rahat-5

१ सय ५ घरधुरीलाई प्रदान गरेको उक्त राहत संकलनमा भैरहवामा सृजनसील हातहरुका सदस्य तथा अध्यक्ष रमिता थापा मगर केसी र प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटका प्रीन्सीपल युवराज न्यौपाने, प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटका प्रबन्ध निर्देशक धर्म बहादुर केसी, प्युठान रुपन्देही सम्पर्क मन्चका चोपलाल आचार्य, नरेश केसी, धर्मराज भण्डारी, कुलप्रसाद पाण्डे, दिपेन्द्र मल्ल, धर्मराज गिरी, राजेन्द्र पौडेल, बुटवलमा प्युठान रुपन्देही सम्पर्क मन्चका संस्थापक अध्यक्ष पदम जीसी, वर्तमान अध्यक्ष लोकराज पोखरेल, सचिव बाबुराम एमसी, कोषाध्यक्ष श्याम पोखरेल, सदस्यहरु जेबी क्षेत्री, गणेश जिसी, पुरन गुरुंग लगायतको सक्रियतामा राहत संकलन भएको थियो ।

सोही कार्यक्रममा पुर्व राज्यमन्त्री गिरबहादु केसीका छोरा विशाल केसीले आफ्ना स्वर्गिय पीताको सम्झनामा मृतक २४ घरधुरीलाई प्रति परिवार ५१ सयका दरले सहयोग हस्तान्तरण गरेका थिए ।