
– नरेश केसी
प्युठान, २७ साउन । गत साउन १० र ११ गते प्युठानमा परेको मुसलधारे पानीको कारण गएको बाढी र पहिरोमा परी ज्यान गुमाएका परिवारलाई पुर्व राज्यमन्त्री स्वर्गिय गिरबहादुर केसीको परिवारले नगद रकम राहत स्वरुप हस्तान्तरण गरेका छन् ।
जिल्लाको फोप्लीका १३ घर धुरी, खबांगका ४ घरधुरी, लुंगका २ घरधुरी, डाम्रीको १ घरधुरी, पुजा २ घरधुरी, रजबारा १ र अर्खाका १ घरधुरीका परिवारका गरी ४२ जनाको मृत्यु भएको थियो । मृतक परिवारका आफन्तलाई जिल्लाको सालिबिसौना र बहानेमा गरी जम्मा २४ घरधुरीलाई प्रतिघरधुरी ५ हजार १ सय नगद राहत स्वरुप प्रदान गरेको धर्म केसीले जानकारी दिए ।
केसीका अनुसार प्युठान मरन्ठाना घर भएका पूर्व राज्यमन्त्री गिर बहादुर केसीका सुपुत्र विशाल केसीले मृतक परिवारका आफन्तलाई भेटी नगद सहयोग प्रदान गर्दै शोक सन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेका थिए ।














प्रतिक्रिया