१९ कार्तिक २०८३, बिहिबार

हतियारसहित एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatiyarधनगढी, २७ साउन । कैलाली जिल्लाको दक्षिणी क्षेत्रको पवेरा गाविस– ६ का ओमप्रकाश चौधरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

निजलाई एक नाल कटुवा पेस्तोल तथा यसमा लाग्ने गोली चार राउण्ड र ‘थ्रि नट थि’्र राईफलमा प्रयोग हुने दुई राउण्ड गोलीसहित मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निजको घरमा हातहतियार खरखजाना रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट गएको टोलीले घरमा खानतलासी गर्दा उक्त हतियार बरामद गरिएको जनाइएको छ । रासस