लस एञ्जलस । हलिउडकी अभिनेत्री र फिल्म निर्माता एञ्जेलिना जोलीले अमेरिकाको जर्जटाउन विश्वविद्यालयमा पढाउने भएकी छिन् ।
अमेरिकन पत्रिकामा छापिएको समाचार अनुसार जोली लन्डन स्कूल अफ इकोनोमिक्स (एलएसई) मा अतिथि शिक्षक भइसकेकी छिन् ।
अभिनेत्री एवम् मानवाधिकारकर्मी जोली लन्डन स्कूल अफ इकोनोमिक्समा अतिथि शिक्षक भएर पढाइ सकेकी छिन् । अब उनले ‘एलएसईको जर्जटाउनमा पनि अतिथि शिक्षिका’ हुने छिन् ।
अमेरिकी संस्थानमा एञ्जेलिना कुन पदमा रहने छिन् त्यस विष्यामा केही बताइएको छैन । जर्जटाउन इंस्टीट्यूट फर वुमन, पीस एण्ड सिक्युरिटीकी एम्बेसडर मेलाना वेरवीरले ४१ वर्षीय अभिनेत्री अतिथि शिक्षिका भएर पढाउने विषयमा कुराकानी भएको बताएकी छिन् ।
एलएसईमा एञ्जेलिना महिला, शान्ति र सुरक्षामा आधारित एक वर्षको नयाँ एमएससी पाठ्यक्रमका छात्र–छात्रालाई पढाउने छिन् । यो पाठ्यक्रम सन् २०१७ देखि पठन पाठनमा लागू हुनेछ । – एजेन्सी















प्रतिक्रिया