१ कार्तिक २०८३, शनिबार

एनअारएन अमेरिका क्षेत्रकाे क्षेत्रीय सम्मेलन तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrnअमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उत्तर अमेरिका क्षेत्रको क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको बताइएको छ ।

म्मेलन आगामी अगस्ट २७ र २८ मा अमेरिकाको न्युजर्सी राज्यको नेवार्क विमानस्थलसँगै डबल ट्री हिल्टन होटेलमा आयोजना हुदैछ ।

सम्मेलनको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका संयोजक एवं एनआरएन उत्तर अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले सम्मेलन अमेरिकाबासी नेपालीहरुको प्रतिष्ठासँग जोडिएको बताउँदै सहयोग र सहभागिताका लागि अमेरिकाबासी नेपालीलाई आग्रह गरेका थिए

सम्मेलनमा नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङ विशेष अतिथिका रूपमा रहने जानकारी गराइयो । सम्मेलनमा तीन धनी नेपालीहरू विनोद चौधरी, उपेन्द्र महतो र शेष घलेले सम्वोधन गर्ने कार्यक्रम रहेको बताइयो ।

सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीलाइ प्रमुख अतिथिका रूपमा ल्याउने प्रयास जारी रहेको बताइयो । तर, नेपालमा को परराष्ट्रमन्त्री हुने हो थाहा नभइसकेकाले प्राविधिक समस्या भैरहेको पनि संयोजक लामाले जानकारी दिए ।

“भिजन २०–२० एण्ड बियोण्ड” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा संघका संरक्षक, सल्लाहकार एवं बिभिन्न ७३ देशका एनआरएन पदाधिकारीहरुको बाक्लो उपस्थिती रहने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको उत्तर क्षेत्रीय संयोजक सोनाम लामा, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र महासचिव तिलक श्रेष्ठले जवाफ दिएका थिए ।