१ कार्तिक २०८३, आइतबार

गायिका रमिताको जुनेली रात बजारमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramita-bhandari

काठमाडौं । सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकार उदाउने क्रम बढ्दो छ । यसैक्रममा ‘घर फर्की आउ’को सफलतापछि गायिका तथा मोडल रमिता भण्डारीले नयाँ म्युजिक भिडियो बजारमा ल्याएकी छन् । उनी ‘जुनेली रात’ लिएर आएकी हुन् ।

इभेन्ट ओर्गनाइजर समेत गर्दै आएकी रमिताले ‘कलाकारितामा निरन्तर लागिरहने वाचासहित भिडियो ल्याएकी हुँन् । उनलाई राजेश श्रेष्ठले अभिनयमा साथ दिएका छन् ।

शब्द, संगीत सोहन मानन्धरका हुन भने म्युजिक भिडियोको कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् । गीतको एरेन्ज विजेश्वर तण्डुकारले गरेका हुन् । रस लाइट मिडियाले निर्माण गरेको भिडियोको निर्देशन राजेश श्रेष्ठले गरेका हुन् ।