१ कार्तिक २०८३, आइतबार

साई उज्जवलले बनाए धुर्मुस सुन्तलीलाई मैना जोडी (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus Suntali Maina Jodi

काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई कतारमा रहेका साई उज्जवल कोइरालाले मैना जोडी बनाएका छन् ।

सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेका उनीहरु कतार पुगेका बेला मैना जोडी भएका हुन् । कतारमा रहेका ११ वर्षीय साई उज्जवल कोईरालाले धुर्मुस सुन्तलीलाई मैना जोडीको उपमा दिँदै गीत गाएर भिडियोमा समेत अभिनय गराएका छन् । टंक बुढाथोकीको शब्द, संगीत रहेको गीतलाई साई उज्जवलकै बुवा आमा प्रकाश कोइराला र सरीता कोइरालाले निर्देशन गरेका हुन् ।

कोइराला परिवारले युरोप भ्रमण रद्द गरेर करिब ६ लाख रुपैँया गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेको थियो । युरोप भ्रमण जाने सोच थियो तर, छोराले धुर्मुस सुन्तलीको कामबारे थाहा पाएपछि उनीहरुलाई सहयोग गर्न आग्रह गर्यो, साई उज्जवका बुवा प्रकाश कोइरालाले बताए ।

बस्ती निर्माणका लागि सहयोग गरेपछि अझै नजिक भइयो र कतार आएको मौका पारी धुर्मुस सुन्तलीलाई मैना जोडी बनाएको उनले बताएका छन् । कोइराला परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि आवश्यक माक्स, पन्जालगायतका सामग्री पनि सहयोग गरेका छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=4VI-DSs3618