गान्तोक । राष्ट्रिय टीभी च्यानल स्टार प्लसको रियालिटी शो डान्स प्लसको टप ६० मा पुगेका सिक्किमे छोरा मिङ्मा लेप्चालाई जिताउ सिक्किमवासी एकजुट बन्दैछन् । केही दिनअघि उनको जन्मथलो नाम्चिमा मिङ्मा फ्यान क्लबको केन्द्रीय समिति गठन गरिएको छ ।
सोमबार गान्तोकमा एउटा सभाको आयोजन गरेर पूर्व जिल्ला कार्यकारी समिति गठन गरिएको छ । मिङ्मा फ्यान्स् क्लबको संरक्षक समाज सेवी थुक्चुक लाचुङ्पालाई मनोनीत गरिएको छ ।
पूर्व जिल्ला समितिमा लता रजालिम अध्यक्ष, नारायण राई उपाध्यक्ष, राप्देन भोटिया महासचिव, रेमन्ती राई प्रचार सचिव, अनु प्रधान कोषाध्यक्ष, मनोज राई सहकोषाध्यक्ष र सन्तोष राई जिल्ला समन्वयक रहेका छन् ।
जिल्ला स्तरीय सभाले २ सय ९० संस्था र संगठनहरूलाई कार्यकारी सदस्य बनाएको छ । सल्लाहकार बोर्ड, प्रचार–प्रसार बोर्ड र सेक्रेटेरी बोर्ड पनि गठन गरेको छ।
फेन्सक्लबले मिङ्माको कलाकारिेताको प्रचार साथै उनलाई जिताउन भोट माग्ने छन् ।
















प्रतिक्रिया