१ कार्तिक २०८३, आइतबार

नेशनल एक्टिङ कम्पिडिसनमा ६० छनौट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PAB_6973काठमाडौं । नेपाली युवा युवतीको अभिनय कलाको पहिचान गरि नेपाली चलचित्र तथा अभिनय जगतमा नयाँ आयाम ल्याउने उदलेश्यले आयोजित रियालटी सो ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’को पहिलो चरणको अडिसन सकिएको छ ।

गत असार २२ गते राजधानीको सिल्पी थिएटरबाट सुरु भएको अडिसन देशको बिभिन्न शहर हुँदै पुनः राजधानीको अग्रवाल भवनमा आएर सकिएको हो । विभिन्न क्षेत्रमा आवद्ध करिव एक हजार भन्दा माथिका ब्याक्तिले अडिसनका लागी आवेदन भरे पनि करिब ४०० ले मात्र सहभागिता जनाएका थिए । तीमध्यबाट ६० प्रतियोगी अन्तिम स्पर्धाका लागी छनौटमा गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।

चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री रिचा शर्मा, रंगकर्मी अनुप बराल, कलाकार टीका पहारीलगायत छनौट चरणको निणार्यक रहेको प्रतियोगीताको उदेश्य युवा युवतीको अभिनय मोहलाई सम्मान गर्दै अभिनयमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउने र ति प्रतिभालाई उचित अवसर प्रदान गर्ने रहेको मोडल्स नेपाल अध्यक्ष रवि धमलाले जानकारी दिए ।

छानिएका प्रतियोगिलाई अनुप बिक्रम, बिक्रम परियार, बिनोद पौडेल, महेश त्रिपाटीलगायतले ३५ दिने बिभिन्न आधुनिक प्रशिक्षण दिनेछन् । ती प्रतियोगिलाई टप ४०, टप २० , टप १० र टप ५ हुँदै उत्कृष्ट एक छानिनेछ ।

प्रतियोगीताको विजेताले चलचित्र, म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै नगद र बिभिन्न उपहार पनि प्राप्त गर्न सक्नेछन् ।