लण्डन । बेलायतबाट नर्वेका लागि क्रुज यात्रामा गएका नेपालीहरुले क्रुजभित्रै पहिलो पटक तीज मनाएका छन् ।
स्थानीय व्यवसायी सुरेन्द्र श्रेष्ठको पहलमा आयोजना गरिएको क्रुज यात्रामा सहभागी सत्र परिवारले हरीतालिका तीज क्रुजभित्रै मनाएका हुन ।
तेश्रो पटक क्रुज यात्रा गराउनु भएका व्यवसायी सुरेन्द्र श्रेष्ठले नर्वेको चार शहरमा यात्रा गरिएको जानकारी दिनुभयो । परिवारसहितको यात्रा भएकोले रमाइलो तीज कार्यक्रम भएको श्रेष्ठले बताउनुभयो ।
क्रुज यात्रामा लण्डनस्थित नेपाली दुतावासका सुर्य थापा, गैरआवासीय नेपाली संघ बेलायतका प्याट्रन सुर्य गुरुङ, समाजसेवीहरु मोहन गुरुङ, डा. राघव धिताल, डा. विनोद ढुंगाना लगायत सहभागी हुनुहुन्थ्यो ।

व्यवासायी श्रेष्ठको पहलमा तीनवर्ष अघिदेखि क्रुज यात्रा सम्पन्न भइरहेको छ । पहिलो बर्षको क्रुज यात्रामा स्वामी आनन्द अरुणले ध्यान शिविर सञ्चालन गर्नुभएको थियो ।
दोश्रो पटकको यात्रामा कविता वाचन तथा साझा लिमिटेडको वार्षिक साधारणसभा गरिएको थियो । यसपटक क्रुज यात्रामा सहभागि भएकाहरुले चेपाङ वस्तीमा एक परिवारका लागि घर बनाइदिने निर्णय गरेका छन् ।
यसका लागि काठमाडौंस्थित विष्णु प्रतिष्ठानसँग सहकार्य गरिने यात्रा संयोजक श्रेष्ठले बताउनुभयो ।














प्रतिक्रिया