१९ कार्तिक २०८३, बिहिबार

प्रधानाध्यापक ओझालाई नहटाउन सर्बोच्चको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprme_court_of_nepal

बैतडी, २४ साउन । सर्वोच्च अदालतले बैतडीको उदयदेउ गाविसमा पर्ने लोजनी उच्च माध्यमिक बिद्यालयका प्रधानाध्यापक रमेशदत्त ओझालाई नहटाउन अदालतले आदेश दिएको छ ।

जिल्ला शिक्षा कार्यालय बैतडीले गत जेठ ५ गते ओझालाई प्रधानाध्यापकबाट हटाएर मोहन सिहं ठगुन्नालाई कार्यबाहक प्रधानाध्यापक दिएको थियो । त्यसलगत्तै आफुमाथि अन्याय भएको भन्दै ओझाले सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वाेच्चका न्यायाधीश हरीकृष्ण कार्कीको एकल इजलासले अदालतको नियामावली २०४९ को नियम ४१ को १ अनुसार ओझालाई प्रधानाध्यापकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा अधिकारी लालसिंह टेरलाई आदेश दिएको छ ।

यसैगरी जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले यहि महिनाको साउन ९ गते आर्थिक बर्ष समाप्त भइसकेपछि बिद्यालयको चल्ती खाताबाट गैरकानुनी रुपमा १५ लाख ६० हजार रुपैयाँ बिद्यालयका निमित्त प्रधानाध्यापक ठगुन्नालाई झिक्न लगाएको तथ्य खलेको छ । आर्थिक ऐन अनुसार यो कार्य गैरकानुनी भएको शिक्षक ओझाको भनाइ छ ।