काठमाडौं, २४ साउन । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाबीच भेटवार्ता भएको छ ।
सोमबार एमाले मुख्यालय धुम्वाराहीमा भएको भेटमा उहाँहरुबीच द्धिपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषययमा छलफल भएको ओलीको निजी सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा रहेका विकासप्रेमी नेता ओलीसँग पछिल्लो समय विभिन्न देशका राजदूतले लगातार भेटिरहेका छन् ।
यसअघि आइतबार भारतीय राजदूत र शुक्रबार चिनियाँ राजदूतले ओलीलाई भेटेका थिए ।













प्रतिक्रिया