२८ आश्विन २०८३, बुधबार

रात विताउन अफर गर्नेहरु धेरै छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मानिसलाई धेरैथरिका रुचिहरु हुन्छन् । कोही चलचित्र क्षेत्रको स्टार बन्ने सोंचमा त कोही संसारले चिन्ने व्यक्ति बन्न पाए हुन्थ्यो भन्ने सोचमा हुन्छन् । तर कतिका ती सपनाहरु पुरा पनि हुन्छन् त कतिका त्यसै ओइलिएर जान्छन् । यद्यपी मानिस आफ्नो लक्ष्यमा पुग्नको लागि धेरै नै संघर्ष गरिरहेका हुन्छन् । एक दिन अवश्यक पनि सफल भइने विश्वासले नै संसारभरका मानिसहरु बाँचिरहेका छन् । भनिन्छ, मानिस कुनै एउटा चिजमा पोख्त हुन्छ । कोही मानिस यस्ता पनि छन्, जो धेरै चिजमा हात हालेर कोही सफल त कति असफल पनि भएका छन् । त्यही मध्येकी एक मोडल हुन्, अन्जन रक्षा । उनी मोडल मात्र नभई पत्रकारिताको विद्यार्थी समेत हुन् । मोडलिङ् क्षेत्रमा केही गर्ने विश्वासका साथ यो क्षेत्रमा प्रवेश गरेकी छन् । भर्खरै एउटा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले राम्रो अवसर पाए चलचित्रमा पनि खेल्ने मनसाय राखेकी छन् । झापामा जन्मिएर विराटनगरमा हुकिएकी उनी काठमाडौलाई कर्मथलो बनाउँदै छिन् । तिनै मोडल अन्जन रक्षासँगको कुराकानी :

anajana-rakhcyaपछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

केही म्युजिक भिडियोमा अनि आफ्नो अध्ययनमा नै व्यस्त छु ।

कति भयो, यसक्षे त्रमा प्रवेश गर्नुभएको ?

त्यहि दुई तीन महिना जति भयो होला ।

के देखेर तपाई मोडलिङ् क्षेत्रमा प्रवेश गर्नुभयो ?

मैैले अहिले नै त्यति ठूलो सपना देखेको छैन । भोलीका दिनमा यस क्षेत्रकै सफल नक्षत्र वा कुनै सफल स्टार बन्छु भन्ने सोंचले म यसक्षेत्रमा आएको पनि होइन । मेरो सानैदेखि मोडलिङ् क्षेत्रमा काम गर्ने रहर हो ।

तपाईले एउटा म्युजिक भिडियोमा अभिनय गरेको अनुभवमा म्युजिक भिडियोका निर्माताको अपेक्षा के पाउनु भयो ?

म एउटा म्युजिक भिडियोमा अभिनय गरें । अन्य म्युजिक भिडियोहरुमा पनि अभिनय गर्दैछु । मैले अभिनय पुरा गरेको म्युजिकभिडियोमा त होइन अरु धेरै म्युजिक भिडियोबाट चाँही धेरै थरीका अफरहरु आएका थिए ।

कस्तो अफर ?

उनीहरुले सिधै त भन्न सक्दैनन् तर अप्रत्यक्ष रुपमा चाँही एक रात विताउन पाए हुन्थ्यो भन्ने चाहना राखेका छन् । रात विताउँन अफर गर्नेहरु नवोदित निर्माता की कुनै नाम चलेका निर्माता हुन? धेरै त भर्खर भर्खरका निर्माताह छन् तर केही चाँही नाम चलेका व्यक्तिहरुले पनि कुदृष्टिले हेर्ने गरेका छन् ।

उनीहरुको अफर स्विकार गर्नुभएन त ?

सायद उहाँहरुले आफनो इच्छा पोख्नु भयो होला तर म आफ्नो नैतिकता नै विर्सिएर त्यस्तो काम गर्ने चाहना राख्दिन । नैतिकता बेचेर म्युजिक भिडियो वा चलचित्रमा स्थापित हुने मेरो चाहना होइन ।

तपाईको पर्समा कहिले नछुट्ने चिज के हो ?

घडी । हातमा बान्नुपर्ने भएपनि मेरो पर्समा राख्ने बानी छ ।

तपाईको पर्समा कति रुपैयाँ जति कहिलै छुट्दैन ?

दुइ हजार-२५ सयजति ।

तपाई बजारमा जाँदा तपाईलाई सबैभन्दा मनपर्ने लुगा ?

म आफ्नो लागि त्यति किन्दिन तर मेरो मम्मीको लागि साडी नै किनेको हुन्छु ।

तपाईलाई आफ्नो सबैभन्दा बढि सेक्सी लाग्ने अंग ?

आँखा

किन ?

प्रायले भन्नुहुन्छ तर मलाई आफनो अंग मध्य सबैभन्दा बढि आँखा मन पर्छ ।

विद्यालय जीवनमा वा कलेज जीवनमा प्रेम प्रस्ताव कतिले गरे ?

म पनि एउटी महिला हुँ । स्वभाविक रुपमा महिला भएकाले प्रेम प्रस्ताव नआउँने कुरै भएन । प्रेम प्रस्ताव धेरै आए तर अहिले सम्म मन मिल्ने चाँही भेटेकी छैन ।

सेक्स के हो ?

सेक्स भनेको मेरो विचारमा प्रकृतिले दिएको एउटा देन हो ।

सेक्सको अनुभव छ ?

छैन ।

तपार्ईलाई कसैले सेक्सको प्रस्ताव राखे ?

मैले भनिहाले नि केहीले राखे तर म विवाह भएपछि मात्र श्रीमानसँग सेक्स गर्छु । नभए अरु सँग हुदैन ।

यदि कसैले लाखौ करोडौ रकम दिन्छु भन्यो भने के तपाई आफनो कुमारित्व बेच्न तयार हुनुहुन्छ ?

अहँ मबाट त्यो कदापि त्यस्तो हुन सक्दैन ।

तपाईलाई नेपाली सेलिव्रेटी मध्य सबैभन्दा सेक्सी लाग्ने नायक ?

जीवन लुईटेल ।

के छ जीवन लुईंटेलसँग ?

मलाई उहाँको स्माइल (मुस्कान) नै मन पर्छ ।

राती सुतेर विहान उठ्दा तपाई केटा बन्नु भयो भने के गर्नु हुन्छ ?

(हाँसो) केहि पनि गर्दिन थिए । मेरो मम्मीले फेरि एउटा छोरा पाउनु भयो भनेर खुसी हुन्थें होला ।

तपाईलाई आम दर्शकले अबको १० वर्षपछि कहाँ देख्ने छन ?

सायद मलाई नेपालमै देख्नु हुन्छ । म पत्रकारिता र मोडलिङ्ग वा नायिका भएको देख्न पाउनु हुन्छ होला ।

अन्तमा आम दर्शक तथा पाठकहरुलाई के भन्न चाहनु हुन्छ ?

मैले गरेको कामहरुमा राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भनी सुझाव दिन म सम्पूर्ण दर्शक तथा पाठकलाई आग्रह गर्छु । मलाई माया गर्दिनु होला यति भन्न चाहन्छु ।

(मनोरञ्जन संसार)