१ कार्तिक २०८३, शनिबार

रियो ओलम्पिकः गौरिकाले जितिन पहिलो हिट्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaurika-sing

काठमाडौं, २३ साउन । रियो ओलम्पिकमा नेपालकी गौरिका सिंह आफ्नो हिट्समा प्रथम भएकी छन् ।

ओलम्पिककै कान्छी खेलाडी गौरिकाले आइतबार राति एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरण ‘हिट’ मा सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीलाई पछि पार्दै प्रथम भएकी हुन् ।

१३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्न लागेकी गौरिकाले ९ बजेर ४७ मिनेटमा सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिइन् । उनले १ दशमलव ८.४५ सेकेन्डमा उक्त दूरी पार गरिन् ।

यसअघि गौरिकाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः

हिट चरणबाटै बाहिरिइन, अन्तिम १६ मा पर्न असफल

रियो ओलम्पिकमा सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी नेपाली पौडीबाज गौरिका सिंह महिला १ सय मिटर ब्याकस्ट्रोक स्पर्धाको हिट चरणबाटै बाहिरिएकी छन । हिट नम्वर वानमा समाओ र कोसोभोकी खेलाडीसँग प्रतिस्पर्धा गरेकी गौरिका आफ्नै कीर्तिमानमा समेत सुधार गर्न असफल भइन् ।