१९ कार्तिक २०८३, बिहिबार

हेल्पद्वारा छात्रवृत्ति प्रदान

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

help

काठमाडौं, २३ साउन । हेलम्बु एजुकेसन लाइभ्लीहुड प्रोजेक्ट (हेल्प) ले सिन्धुपाल्चोकका २९ विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शनिबार बौद्धस्थित तारा गाउँ रिसोर्टमा हेल्पले एक समारोहको आयोजना गरी २९ विद्यालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीमध्ये ७३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

संस्थाका सञ्चार प्रमुख रिचा थापाद्वारा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थी छनोट गर्दा निबन्ध लेखनपश्चात अन्तर्वार्ता प्रतियोगिता गराएर क्षमतावान् विद्यार्थीलाई चयन गरिएको जानकारी गराइएयो ।

छात्रवृत्तिका लागि छनोट गरिएका प्रतिविद्यार्थीलाई कक्षा ११ का लागि २० हजार नगद प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष कार्यकारी निर्देशक जिमी लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माननीयद्वय गगन थापा र रविन्द्र अधिकारी, नायिका रेखा थापा, कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक दिलभूषण पाठक, क्याप्टेन श्रवण रिजाल, युवा अगुवा ब्रविण कुमारलगायतले एसएलसी पछि के गर्ने भनेर अल्मलिएको आफ्नो पुरानो अनुभव सुनाएका थिए ।

हेल्पले सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु, तारामाराङ, भोताङलगायत उत्तर पश्चिमी क्षेत्रका विद्यालय निर्माणदेखि गुणस्तर शिक्षासम्म विभिन्न कार्यक्रम अगाडि सार्दै आएको छ ।