काठमाडौं, २३ साउन । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भारतीय हस्तक्षेपविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
शनिबार पोखरामा आयोजित संघको राष्ट्रिय भेलाले भारतीय हस्तक्षेपविरुद्ध संघर्षको घोषणा गर्दै दशगजा खाली गराउन सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
भेलालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले दशगजा मिचेर भारतले बनाएका पोष्ट हटाउन आन्दोलनमार्फत सरकारलाई बाध्य पारिने बताए ।
उनले भने- ‘नेपाल–भारत सीमामा भारतले दशगजा मिचेर बनाएका चेकपोष्ट हटाउन युवा संघ अब सशक्त आन्दोलनमा होमिन्छ । आन्दोलनबाटै सरकारलाई दशगजा क्षेत्र खाली गराउन बाध्य पार्छाै ।
कार्यक्रममा युवा संघ मधेसका नेता सञ्जीव कुमार झाले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नैकै लागि मधेसी मोर्चाले आन्दोलन गरेको प्रष्ट भइसकेकाले वर्तमान सरकारले मधेसको विकास ध्यान दिनुपर्ने बताए ।













प्रतिक्रिया