काठमाडौं, २३ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि भारतीय राजदूत रन्जित रायले शिष्टाचार भेट गर्नुभएको छ ।
एमालेको पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बिहान ११ बजे भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभएको छ ।
भेटका अवसरमा अध्यक्ष ओलीले आफ्नो पार्टी छिमेकी मुलुकहरूसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा रहेको उल्लेख गर्नुभएको थियो ।
‘नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेलहरू स्वीकार्य हुँदैन’, ओलीलाई उदृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ ।
‘त्यस्ता चलखेलहरूले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कताका साथ काम गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो’, विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया