१९ कार्तिक २०८३, बिहिबार

रामकुमारी झाक्री भन्छिन्- संघीयता हाम्रो विषय होइन, देश डुब्छ

28.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumari-jhakriभक्तपुर, २३ साउन । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले संघीयता नेपालका लागि उपयुक्त नहुने बताएकी छन् ।

आइतबार नेपाल क्रान्तिकारी विद्यार्थी संघले विभिन्न युवा तथा विद्यार्थी संगठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको अन्तक्र्रियामा बोल्दै अनेरास्ववियुकी पूर्वअध्यक्ष समेत रहेकी झाक्रीले संघीयता देशका लागि जटिल समस्या बन्दै गइरहेको भन्दै अहिले कोरिएको संघीय संरचना उपयुक्त नभएको बताइन् ।

जहाँ समस्या छ, त्यहीँ समाधान खोज्नुुपर्ने औँल्याउँदै उनले भनिन्– ‘संघीयता हाम्रो विषय होइन, अहिले बनाएको राज्य पुनःसंरचनाको खाका उपयुक्त छैन । यो खाकाले देश डुबाउँछ ।’