काठमाडौं, २३ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रदेश नम्बर ७ बाट विद्यार्थी नेतृ कौशिला भट्टले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
दुई पटक माउ पार्टी नेपाली कांग्रेसको निर्वाचित महाधिवेशन प्रतिनिधि भइसक्नुभएका भट्टले आइतबारदेखि सुरु हुने महाधिवेशनमा सह महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
डडेल्धुरा घर भएका उहाँले विद्यार्थीको हकहित र अधिकार तथा पिछडिएको सुदूरपश्चिम (प्रदेश नम्बर ७)का विद्यार्थीका समस्यालाई मुलधारमा ल्याउन आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
२०५९ सालदेखि राजनीतिमा लाग्नुभएका नेतृ भट्टले पद्मकन्या क्याम्पसमा ईकाई अध्यक्ष भएर लामो समयदेखि विद्यार्थीको हकहितमा काम गरिरहनुभएको छ ।
विद्यार्थी आन्दोलनमा क्रममा तीन पटक जेल पर्नुभएका उहाँ नेपाली कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा डडेल्धुराबाट निर्वाचित महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।














प्रतिक्रिया