भक्तपुर, २३ साउन । विकास भन्दा पनी सत्तालाई प्राथमिकता दिएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रका सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेकपा एमालेका उपमहासचिव एवं पूर्वअर्थमन्त्री बिष्णु पौडेलले टिका र खादा लगाएर स्वागत गरे ।
नेकपा एमाले अनन्तलिङेश्वर नगरपालिका १४ नं कमिटीले शनिबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, राप्रपा, नेमकिपा लगायतका दलबाट ३ सय ८२ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गरेको वडा कमिटी अध्यक्ष किरण कार्कीले जानकारी दिए ।
उनका अनुसार नव प्रवेशीमा राप्रपा जिल्ला सदस्य कृष्णप्रसाद खतिवडा, तरुण दल जिल्ला सदस्य दिनेश थापा लगायत रहेका छन् ।
उनीहरुले कांग्रेस, माओवादीसहितका दलहरु सत्ताकै लागि राजनीतिक गरिरहेको तर, एमालेले जनमुखी काम गरेर जनताको मन जितेकाले आफूहरु एमालेमा आएको बताए ।













प्रतिक्रिया