१ कार्तिक २०८३, शनिबार

मेस्सीलाई अर्काे झट्का, लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Luis-Suarez-and-Lionel-Messi

काठमाडौं, २३ साउन । कोपा अमेरिका कप गुमाउँदा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका स्टार फुटबलर लियोनल मेस्सीलाई अर्काे झट्का लागेको छ ।

उनले नेतृत्व गरेको स्पेनिस क्लब बार्सिलोनाले शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलसँग ४-० गोल अन्तरको लज्जास्पद हार व्यहोरेपछि उनको करियरमा थप धक्का लागेको हो ।

९० हजार दर्शकमाझ वेल्बली स्टेडियममा ७५ मिनेट खेलेका मेस्सीले एउटा पनी गोल गर्न सकेनन् । उनी सँगै राम्रो प्रदर्शन गर्ने सूचीमा रहेका लुइस स्वारेज पनी उक्त खेलमा चलेनन् । फलस्वरुप लिभरपुलले ४–० गोलको फराकिलो अन्तरले बार्सिलानालाई हरायो ।