१ कार्तिक २०८३, शनिबार

नेपाल फेस्टिबलमा वर्ल्ड नेवाः अर्गनाइजेशन जापानको प्रस्तुति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13958172_226970374369886_2970520263171849657_oजापान । अगस्त ६ तारेख नेपाल डे फेस्टिबलको पहिलो दिनमा वर्ल्ड नेवाः अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिएको नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रम भब्य रुपमा सफल भएको छ ।

लाखे, झ्यालिंचा नाच, तायमचा नाच, नेवार बाजागाजा, कुमारी तथा भेष भुषाको प्रस्तुतिले नेपालको इन्द्रजात्रा जस्तै भरपुर मनोरंजन दिलाएको थियो ।

अगस्त ६ तारेखमा सहभागी हुनु भएका सम्पूर्ण साथीहरुलाई धेरै धन्यवाद दिनुहुँदै आज नेपाल फेस्टिबलको अन्तिम दिन पनि बिभिन्न कार्यक्रमहरुको प्रस्तुति हुने भएको हुनाले शिबुयाको योयोगी पार्कमा भेला भई दिन वर्ल्ड नेवाः अर्गनाईजेसहन जापानकी प्रतिनिधि इन्दिरा सुजुकी राजभण्डारीले गरेकी छिन् ।

उदघाटन पश्चात पहलो दिन लाखे, झ्यालिंचा नाच, कुमारी प्रदर्शन, धिमे र भुस्या बाजा, घुम्टे नौमतिबाजा को पन्चेबाजा, बिभिन्न जातजातिको नाचहरु, एभेरेष्ट विधालयका विधार्थीहरूले नृत्य, एकल तथा समूह नृत्य, नमस्ते व्याण्डको सांगितिक प्रस्तुतिले भरपुर मनोरंजन दिएको थियो ।