भैरहवा, २३ साउन । प्यूठान रुपन्देही सम्पर्क मञ्चको बैठक बुटवलमा सम्पन्न भएको छ । मन्चका अध्यक्ष लोकराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले बाढी पहिरोबाट पीडितहरुकोलागी राहत लगेर प्यूठान जाने निर्णय गरेको छ ।
बैठकले पहिलो चरणको कार्यक्रम अन्तरगत प्यूठानको झिमरुक खोला क्षेत्र अन्तरगत पर्ने पुजा, अर्खा, रजबारा, लिवांगका बाढी पहिरो पीडितलाई खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गर्ने छ । माथिल्लो क्षेत्रको ठूलाबेसीमा रुपन्देहीबाट लगेको राहत सामग्री लैजाने र अर्खा, रजबारा, पूजा , लिवांगका बाढीपहिरो पीडितलाई
हस्तान्तरण गर्ने कार्यक्रम तय भएको मन्चका कोषाध्यक्ष श्याम पोखरेलले जनाए ।
राहत वितरणमा मन्चका अध्यक्ष पोखरेल सहितको टोली सहभागी हुने मन्चले जनाएको छ । पहिलो चरणको राहत वितरण गरेर आएपछि मन्चले जिल्लाको वस्तुगत अवस्था बुझि पुनः दोस्रो चरणको कार्यक्रम गर्ने पनि निर्णय भएको छ ।
प्यूठान रुपन्देही सम्पर्क मन्चको पहिलो चरणको राहतमा १ सय अति पीडित घरपरिवारलाई छनौटगरी प्रदान गरिने छ । प्रति घर चामल ३० केजी, आटा ५ केजी, दाल १ केजी, तेल १ लिटर , नुन १ केजी , १ प्याकेट चिउरा भुजा प्रदान गर्ने मन्चका सक्रिय सदस्य चोपलाल आचार्यले जनाए ।
मन्चको पहलमा रुपन्देहीका विभिन्न क्षेत्रमा राहत संकलन भएको थियो । जिल्लाको सदरमुकाम क्षेत्र भैरहवामा भएको राहत संकलनमा सृजनसील हातहरुबाट २० बोरा चामल, राजेश अग्रवालबाट ४ बोरा चामल, एसआर फुड्सबाट १ सय २० केजी आटा, सौभाग्य स्टोरबाट ४ बोरा चामल, लाकौल होटलबाट ४ बोरा चामल, नान्स होटलबाट ३ बोरा चामल, आनन्द फुड प्रोडक्सनबाट १ सय केजी आटा, न्यू पाल्पा भैरव गल्ला भण्डारबाट ४ बोरा चामल, प्रहरी निरीक्षक धर्म भण्डारीबाट २ बोरा चामल, प्रतिमान नीमा प्रतिष्ठानका धर्म केसीबाट ४ बोरा चामल सहयोग मिलेको थियो ।
यसैगरी प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटमा कार्यरत शिक्षक युवराज न्यौपाने, वृजेश खनाल, कृष्ण मोहन कोहार, विरबहादुर क्षेत्री बाट प्रतिव्यक्ति २ बोरा चामल, वृजेश त्रिपाठी, रिखीराम चुदाली, जगत रायमाझी, निरन्जन ज्ञवाली, व्रजेश्वर मिश्र, दिपेन्द्र गौड, आशा भण्डारी र यमबहादर मल्लबाट प्रतिव्यक्ति १ बोरा चामल सहयोग प्राप्त भएको छ ।
यसैगरी शुभशारदा इन्टरप्राइजेजबाट २ बोरा चामल, सिद्धार्थ फर्निसींगबाट २ बोरा चामल, शुभश्री लक्ष्मी कलरबाट २ बोरा चामल, तिलक कोइरालाबाट २ बोरा चामल, सिद्धार्थ फर्निसींगबाट २ बोरा चामल, जगत खरेलबाट १ बोरा चामल, पान्डे हार्डवेयर झुलनीपुरबाट १ सय केजी आटा,महाबली गल्ला भण्डार गल्लामन्डीबाट २५ केजी चामल, अभिषेक इन्टरप्राइजेजबाट ३० केजी चामल, मुक्तिनाथ खाद्यान्न उद्योगबाट २५ केजी चामल, समाजसेवी नरेन्द्र रौनियारबाट २५ केजी चामल, शुभ भट्टराइ स्टोर्सबाट २५ केजी चामल, सत्यलाल ग्राम स्टोर्सबाट १५ केजी चिउरा, सरकारी वकिल कुलप्रसाद पाण्डे र आखां अस्पतालमा कार्यरत दिपेन्द्र मल्लबाट ३ बोरा चामल र ३ कार्टुन खाने तेल सहयोग प्राप्त भएको छ ।
यसैगरी सिद्धार्थ सिमेन्टबाट ५ हजार १ सय नगद, उद्योग व्यापार संगठनका नारायण भण्डारीबाट ५ हजार, सिद्धार्थ बस व्यवसायी समितीबाट ५ हजार, समाजसेवी सानु शर्माबाट ५ हजार, राम थापाबाट ५ हजार, नमूना एकिकृत विकास परिषदबाट ४ हजार ५ सय , अनिल ज्ञवालीबाट १ हजार १ सय दीपक मिश्रबाट ५ सय नगद समेत संकलन भएको छ । लुम्बिनी ट्रक व्यवसायी समितीले राहत सामग्री लैजानकोलागी आवश्यक ट्रक सहयोग गर्ने भएको छ ।
यसैगरी भैरहवामा राहत दिनेमा सौभाग्य स्टोर्सबाट ५ केजी सोयविन, ओम भट्टराई खाद्य भण्डारबाट १० केजी आटा, आर के एग्रोबाट १० केजी चामल, सृष्टी गल्ला भण्डारबाट ५ केजी आटा, रेसुंगा भुजा स्टोर्सबाट ३० पोका भुजा, मनिस जोसीबाट ४० पोका फुरनदाना, सनी स्टोर्सबाट २० पोका भुजा, सृजना स्टोर्सबाट १२ पीस कोलगेट सहयोग प्राप्त भएको छ ।
भैरहवामा राहत संकलनमा माओवादी केन्द्रका नेता चोपलाल आचार्य(विजुली), प्रतिमान नीमा स्मृति हेल्थ इन्सीच्युटका प्रबन्ध निर्देशक धर्म बहादुर के.सी (पुजा), लुम्बिनीखबरका सम्पादक नरेश के.सी(पुजा), आंखा अस्पतालमा कार्यरत धर्मराज गिरी (लिवांग), प्रहरी निरीक्षक धर्मराज भण्डारी (मरन्ठाना), जिल्ला न्याधिवक्ता कुल प्रसाद पाण्डे (हंसपुर),सृजनसिल हातहरुका अध्यक्ष रमीता थापा मगर के.सी(पुजा), गहु बालि अधिकृत राजेन्द्र पौड्याल(रस्पुरकोट), अस्पतालमा कार्यरत दिपेन्द्र मल्ल(रजबारा) र प्राध्यापक डा. गितु गिरी(मरन्ठाना) को सक्रियातामा राहत संकलन भएको हो ।
यसैगरी राहतमा कर्मचारी सन्चय कोषमा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी संगठनका आवद्ध २० जना कर्मचारीबाट १० हजार २१ नगद सहयोग प्राप्त भएको कृष्ण गिरीले जानकारी दिएका छन् । कोषमा रामहरी गौतमको नेतृत्वमा सहयोग रकम संकलन गरिएको थियो ।
भैरहवाका व्यवसायी सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव समेत रहेका न्यू पवित्रा स्टोर्सका सन्चालकले यस अघि नै प्युठान दैवि प्रकोप उद्धार समितीमा जानेगरी ५० हजार नगद सहयोग पठाइसको बताएका छन् ।
मन्चले अहिले जिल्लामा राहतकोलागी खाद्यान्न र नगद संकलन गरिरहेकोले सक्दो सहयोग गर्न मन्चका संस्थापक अध्यक्ष पदम जिंसीले अनुरोध समेत गरेका छन् । मन्चले शुक्रबार सम्म करिब पौने ५ लाख नगद पनि संकलन गरेको छ । मन्चको दोस्रो चरणको कार्यक्रममा लुंग खोला , फोप्ली, खबांग, बहाने तर्फ खाद्यान्न र जिल्लामा अन्य आवश्यक सामग्री लैजाने तयारी रहेको छ ।













प्रतिक्रिया