१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री भएलगत्तै प्रचण्डले राष्ट्रियता कमजोर बनाउन सुरु गरेः पौडेल

18.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paudel

स्याङ्जा, २२ साउन । युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेलले बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशवादी दलसँग गरेको तीन बुँदे सहमति नेपाली राष्ट्रियतालाई कमजोर बनाउने दस्ताबेज भएको बताएका छन् ।

स्याङ्जाको पुतलीबजारमा युवा संघको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकतालाई नजिरमा चढाएर सत्ताको बाग्डोरमा पुगेका दलहरुले जातीय राष्ट्रियताको कुरा गरेर मुलुकलाई बिखण्डन गर्न खोजेको भन्दै आक्रोश ब्यक्त गरे ।

दिल्लीमा भएको सम्झौताबाट नेपाली जनताको स्वाभिमानलाई बन्दक राखी पछिल्लो समय नेपालमा सरकार परिवर्तन गरिएकोमा उनले नेपाली जनताले हिसाबकिताब गर्ने समय आउँदै गरेको बताए ।

कार्यक्रममा बिशिष्ट अथिति युवा संघ सचिव परशुराम बस्नेतले युवा आन्दोलनको आगामी कार्यदिशाको बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा युवासंघ नेताहरु रोशन बस्नेत, अर्जुन ढुंगाना, अन्जु सिंह बस्नेत, भारत गोदार एंव एमाले नेताहरु उदय श्रेष्ठ, राम बहादुर थापा, बिश्व पौडेल लगायतले बिभिन्न बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रम युवासंघ नगर अध्यक्ष अमृत नेपालीको अध्यक्षतामा भएको थियो ।