– कृष्ण ओझा
पाँचथर, २२ साउन । पाँचथरमा सरुवा भई आएका डीएसपी कृष्णप्रसाद कोइरालाले गत वर्षको फागुन १५ गते देखि निरन्तर फिदिमका ढल तथा नालीहरु सरसफाइमा लागिरहेका छन् ।
कोइरालाले सधै बेल्चा र झम्पल बोकेर प्रहरी जवानसँगै स्थानीय बासी सग नाली सफा गर्न खटिन्छन । प्रहरीको अगुवाइ तथा नगरपालिकाको सहकार्यमा शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बजारका ढल र नालीहरु सरसफाइ गरिदै आएको छ ।

अभियान संचालन भएको आज सनिबार तेसौं हप्ता भएको छ । स्थानीय होटल ब्यवसायी, यूवा ब्यवसायी तथा पत्रकार समेतको सहभागी रहदै आएको छ ।
फिदिम बजारबासिले प्रहरी प्रसासनले सरसफाई गरी दिन्छ भन्ने साचे परीवर्तन हूदै गएको स्थानीयको भनाइ छ ।
पालै पालो अभियान अन्तर्गत गोस तथा एगल एफएम लाईन का आस पासका नाली, ढलहरु सरसफाई गरिएको छ । बजार तथा टोल सूधार समीति निर्माण गरी अभियानलाइ निरन्तरता दिन आवस्यकता रहेको कस्मेटिक चूरी ब्यारीले बताए ।













प्रतिक्रिया