१ कार्तिक २०८३, आइतबार

आयो तुलसी सिवाकोटीको ‘पिपल पाते ओठैले’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tulsi siwakoti

– बिजय शर्मा दर्पण

स्विजरल्याण्ड । युरोपमा नै चर्चित रहेका गायककार तुलसी सिवाकोटीको ‘ पिपल पाते ओठैले ‘ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

म्युजिक भिडियोमा प्रवेश ढुंगाना ,अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ। दिलिप समनले निर्देशन गरेको भिडियो नेपालमा नै छायांकन गरिएको हो । श्रीराम अधिकारीकोको शब्द संकलन रहेको उक्त गितमा संगीत भने रियाज सिवाकोटीको रहेको छ । मुहार एल्बममा रहेको यो गित धेरै स्रोताहरु, संगीत प्रेमीहरुको मन जित्न सक्ने गायककार तुलसी सिवाकोटीले बताउनु भयो । स्मरण रहोस केहि दिन अगाडी साबजनिक गरिएको ‘गर्नुगर्यो इन्टरनेटले ‘बोलको गित छोटो समय मा नै लाखौ नेपालीहरुले मन पराएका थिए ।

गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरि प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि ‘नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन ।