३० आश्विन २०८३, शुक्रबार

बजेट छैन कहाँबाट आउँछ रेल ?

24.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minरेल मार्गका लागि कहाँबाट बजेट आउने हो देखाउनुहोस् प्रधानमन्त्री ज्यू हामी पनि रेल कुदाउँछौ, केपी ओलीतर्फ इंगित गर्दै प्रचण्डले संसदमै भने । पैसा अथवा आयश्रोत बिना बिकाश गर्न नसकिने प्रचण्डको बुझाइ थियो । आयस्रोत शेर बहादुर देउवाले काठमाडौंमा कसरी घर बनाए ? बिना आयश्रोत कसरी नेताहरु बिदेशमा महँगो उपचारमा जान सके ? भाडाको कोठामा बस्ने र चप्पल पड्काएर हिड्ने व्यक्तिहरु बिना आयश्रोत आज कसरी खानदानी नेता भए ? यसको जवाफ कसले दिने हो प्रचण्ड ज्यू ? जनयुद्ध कसरी संचालन भयो ? हतियार र बम कहाँबाट जुट्यो ?

जनयुद्ध संचालन गर्न सक्ने नेताले आधा सहयोग चीनले गर्न खोज्दा समेत रेल बनाउन सक्किन्न भन्नु संकास्पद र कुरा हो । विकास कसरी गरिन्छ र गर्नु पर्छ भन्ने ज्ञान नभएको हो । यसले कतै प्रचण्डले भारतीय स्वार्थ पूरा गर्न रेल योजना भाँड्ने चाल त होइन भन्ने शंका पनि उत्पन्न भएको छ ।
यही योजना भाड्न प्रचण्डलार्इ भारतले प्रधानमन्त्री बनाउने भूमिका खेलेको आरोप पनि छ । प्रचण्डले रेल योजना अघि बडाउन सकेनन् भने कुनै बहाना गरेर ढिलाइ गर्ने, बेवास्था गर्ने र अन्त्यमा असफल पार्ने रणनीति हो भनेर आरोप लगाउनेहरुलाई थप बल पुग्नेछ ।

विकास निर्माण अगाडि बढाउँन नसक्ने र श्रोत जुटाउन नसक्ने मान्छे किन प्रधानमन्त्री भएको त ? ओलीले त विकास निर्माण अगाडि बढाउने र श्रोत जुटाउने लक्षण देखाएका थिए । काम गर्न नसक्ने लक्षण होइन । अब पनि केही गर्न नसके माओवादी कहिले उठ्न नसक्ने गरी थला पर्नेछ । माओवादी नेता स्वयंले बोलेका कुरा हो । बास्तबिकता पनि यस्तै हुनेछ ।

ड्राइबरले राम्रोसंग कुदाइ रहेको बस म तँभन्दा बस साहुजीको नजिकको मान्छे, त्यसैले गाडी म कुदाउँछु भनेर खलासीले गाडी कुदाउन थाले पछि दुर्घटनामा परिन्छ कि गन्तब्यमा पुगिन्छ ? कुशल ड्राइबर बन्ने हो कि खलाशी बन्ने हो प्रचण्ड कै हातमा छ ।

देश १० वर्ष शसस्त्र युद्धमा बर्बाद भयो । १० वर्ष संविधान बनाउने नाममा बर्बाद भयो । अर्को १० वर्ष राजनीतिक फोहोरी खेल खेलेर बिकास निर्माण गर्ने समय बर्बाद गर्ने कुचेष्टा कसैले नगरौ । बिकास निर्माण अगाडि बढाउने सोँच अठोट र आँट गरे आजको जमानामा पैसले काम रोकिन्न ।

थुप्रै देशहरु छन् जो प्राकृतिक श्रोत र साधनबिना पनि धनी भएका छन् । माछा मार्ने माझीहरु बस्ने सिंगापुर कसरी यति सम्पन्न भयो ? चीन र मलेसिया कसरी छिट्टै सम्पन्न बने ? बिना कुनै प्रतिक श्रोत आज दुबई बिश्वको नमूना सहर बनेको छ । दुबईमा कुनै पेट्रोल र ग्यासखानी छैन र अरु कुनै प्रकारका खनिज पधार्थ छैन । दुबईमा पर्यटकले हेर्ने भनेको समुन्द्र, आधुनिक रोड र भब्य बिल्डिंग मात्र हुन् । यसैमा आधारित पर्यटन र व्यापारले लाखौ नेपालीलार्इ रोजगारी समेत दिएको छ ।

हाम्रो नेपाल उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्न सकिने उर्बर माटो छ । प्रतिकुल मौसम छ । अनेक प्राकृतिक श्रोतहरु पनि छन् । नेपाल नबन्नुको एकमात्र कारण गलत राजनीतिक परिपाटी नै हो । नेताहरुले कसरी विकास निर्माण हुन्छ ?

झुम्रे नेताहरुबाट आधुनिक नेपाल बन्न गारो छ । कर्मचारी त्रन्त्र पनि भ्रस्ट र पुरातनवादी छ । अब नयाँ नेपाल बनाउने हो भने ५० वर्ष पुरानो नेताको पुस्ता र २५ पुरानो कर्मचारी त्रन्त्र पूरै फेर्नु पर्छ ।

पंचयातकालमा पनि चीनले आर्थिक र प्राबिधिक सहयोग गरेर थुप्रै उद्योगहरु खोलिदिएको थियो । ट्रली बस, हिमाल सिमेन्ट, हेटौडा सिमेन्ट, वीरगंज चिनी कारखाना लगायत दर्जन उद्योग चीनले बनाइदिएको थियो । हामी आफैले व्यवस्थापन गर्न नसकेर उद्योगहरु बन्द भए ।

चीनले अनुदान देला, केही प्रतिशत ऋण देला, केही प्रतिशत नेपाल सरकारले ब्यहोर्ला, बिभिन्न ठूला औद्योगिक कम्पनीहरुले लगानी गर्लान, केही प्रतिशत बैंकहरुले लगानी गर्लान अनि केही प्रतिशत गैर नेपालीहरुले शेयर लगानी गर्लान । सरकारलाई अर्को ठाउँमा बिकास गर्ने आयश्रोत बन्छ र जनतालाई रोजगारी पनि सिर्जना हुन्छ ।

प्रचण्डले बजेटबिना रेल बनाउन सकिदैन भन्नु र शेर बहादुर देउवाले नेपालले फास्ट ट्रयाक बनाउन सक्दैन भन्नु उस्तै हो ।

एक वर्षलार्इ चाहिने बजेट यो साल जुटाउने र अर्को वर्षको कामलाई चाहिने बजेट अर्को वर्ष दिने हो । एकै वर्षमा सक्ने योजना भए पो एकै पटक पैसा चाहिन्छ भन्नु । कम्पनीलार्इ कामको ठेक्का दिँदा पनि कामको प्रगतिको आधारमा पेमेन्ट गर्दै जाने हो ।

नेपालमा चीनको रेल आउँन नसक्नुको कारण पैसाले गर्दा होइन भारतीय स्वार्थले गर्दा हो । चीनको रेल नेपाल आयो भने भारतलाई आफ्नो ब्यापार डुब्छ भन्ने डर छ र चीनले भारतलाई घेर्छ भन्ने डर पनि छ । अहिले भारतले पनि काठमाडौंसम्म रेल बिस्तारको अध्यनका लागि बजेट छुट्टयाइसकेको अवस्था छ । चीनको रेल नेपाल आउँदा भारतले संका गर्ने हो भने भारतीय रेल नेपाल आउँदा पनि त चीनले संका गर्न सक्छ ।

भारतीय मिडियाहरुले चीनको रेल नेपाल आउने कुराको चर्को बिरोध गरे । तर हाम्रा नेपाली मिडियाहरुले प्रतिबाद गर्न सकेनन् ।

प्रचण्डज्यू अहिले पनि धेरै राजनीतिक पार्टी र समूहहरू सत्ता कब्जाको रणनीतिमा लागेर निरंकुशता लाद्ने बाटोमा छन् । यदि यिनीहरुलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भबिश्यमा यिनीहरुले नेपाललाई थप अस्थिर र अशान्त बनाउने छन् । भबिश्यमा पनि बिकास निर्माण गर्ने समय द्वन्द्व र झमेलामा मै बित्ने छ ।

दौरा सुरुवाल लगाउन लाज मान्ने प्रधानमन्त्री, अनि बिदेसी सुटमा शपथ लिने र भगवानको नाम लिन पनि नहुने अनि त्यस्तो पार्टीले जातीय पहिचानको कुरा गर्न मिल्छ र । जातीय पहिचान भनेको धर्म संस्कृति, भेषभुषा र चालचलन होइन र ? धर्म, संस्कृति र परम्परालार्इ कायम राखेर संसारमा अरु देश बिकसित भएका छैनन र ? दौरा सुरुवाल नलाउँदैमा अनि भगवान नमान्दैमा प्रगतिशील हुने यो कस्तो परिभाषा हो ? धर्म मान्ने र नमान्ने सबैलाई छुट होला तर हाम्रो राष्ट्रिय पोसाकमा के तेस्तो खराबी थियो र लगाउन चाहनु भएन ? नेपाली हुनुका पहिचानभित्र दौरा सुरुवाल र हाम्रो धर्म संस्कृति पनि पर्दैन र ? अनि हजुरले दिन खोजेको बिकास र परिबर्तन चाहिँ कस्तो खालको हो त ? बास्तवमा अहिले माओवादीलाई बिकाश होइन, जनयुद्धका घटनामा जेल परिएलाकि भन्ने डर छ ।

भारतीय दबाब मान्नु पर्ने बाध्यता पनि छ । यसकारण अनेक बहानामा भुलाउने र झुलाउने अनि अस्थिर राजनीति बनाउने रणनीतिमा छन् । ता कि ती घटनाबाट बच्न्न सकियोस र प्रमाणहरु पुरानो हुँदै जाओस । सम्पूर्ण माओवादी एक भएर माओवादी केन्द्र निर्माण हुनुमा विचार र बाटो मिलेर होइन, युद्धबाट सिर्जित घटनाबाट बच्न एकजुट भएर प्रतिकार गर्न नै हो ।

नेपालमा रेल मात्र होइन अन्य थुप्रै सम्भाबनाहरु छन् । जडिबुटी, खनिज, सगरमाथा, जलश्रोत, लुम्बिनी, नेशनलपार्कहरु, मठमन्दिर र बिश्व सम्पदा सूचीमा परेका ठाउँहरु छन् । यी सबैमा आधारित नीति तथा कार्यक्रम ल्याउनुस भबिश्यमा जाबो एउटा रेल मात्र होइन अरु पनि यस्ता थुप्रै आयोजनाहरु सम्पन्न हुनेछन् ।

देशमा गणत्रन्त्र र संविधान आयो भनेर ठूलो स्वर गरेर मात्र केही हुने वाला छैन । संविधानसभा माओवादीको एजेन्डा थियो कि शक्ति सन्तुलनको रणनीति त्यो त प्रचण्डको शक्तिखोर भिडियो हेर्दा प्रस्ट हुन्छ ।

राजा वीरेन्द्रको बंशनाश नभइदिएको भए नेपालमा कुन शक्तिले गणतन्त्र ल्याउन सक्थ्यो ? ज्ञानेन्द्र र पारस जनतामाझ त्यति लोकप्रिय थिएनन् । नेपाली जनताका सामु आफै हट्न बाध्य भए । अब पनि राम्रो काम गर्न सकेनन् भने त्यस्ता राजनीतिक पार्टीहरुको अस्तित्व पूर्व राजा ज्ञानेन्द्रको जस्तो नहोला भन्न सकिन्न । किनकि नेपाली जनताले विकास निर्माण गर्न सक्ने नेता र पार्टी चाहेका छन् । जनताको चेतना धेरै बढेको छ ।