१ कार्तिक २०८३, शनिबार

तेह्रथमु सेवा समाज कतार पुर्नगठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13931449_1107733662654704_889266552_oकतार । कतारमा कार्यरत तेह्रथुमेलीहरुको एक वृहद भेला तेह्रथुमेलीहरुको साझा सामाजिक संस्था तेह्रथमु सेवा समाज कतारको पुर्नगठन भएको छ ।

संस्थाका प्रमुख सल्लाहकार दिल किरण खजुमको अध्यक्षतामासम्पन्न भएको भेलाले सन्तोष खड्काको अध्यक्षतामा १९ सदस्यीय समिति पुर्नगठन गरेको हो ।

संस्थाको उपाध्यक्षमा शोभित खतिवडा, रमेश भारती, सचिव दिपक रिमाल (हेमराज), सहसचिव राजेन्द्र तुमसाँवा, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष खेमनाथ सुवेदी सदस्यहरुमा अर्जुन वस्नेत, राजकुमार तुमखेवा, झमक आङखेवा, नगेन्द्र पाकसाँवा, रत्न तामाङ, याम कुमार ढकाल, देवी वहादुर ईम्सङ्ग, लोकनाथ वराईली, होम सिवा, शन्त हाङ्गसुरुम्वा लिम्वु, दिलमान दर्जी र रत्न खडका रहेका छन् ।

सल्लाहकार संयोजक दिल किरण खजुम, सल्लाहकार सदस्यमा कुमार कार्की, योगन्द्र कार्की, गणेश भट्टराई, केवल पाहिम, लिलम न्यौपाने रहेका छन् ।

कतारमा कार्यरत तेह्रथुमेलीहरुको साझा संस्था २००५ मा स्थापना भई विभिन्न सामाजिक कार्यहरु गर्दै आएको थियो । संस्था स्थापना भए पश्चात जिल्लामा दलित तथा जेहेन्दार विधार्थीहरुलाई छात्रावृति प्रदान गर्ने जस्ता रचनात्मक कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

केही समय यता यस्ता सामाजिक कार्यहरुको निरन्तरता नभएकोले पुनः निरन्तरता दिने र कतारमा कार्यरत तेह्रथुमेलीहरुलाई संस्थामा आवद्ध गराउदै यहाँ भै परि आउने र जिल्लाको लागि केहि रचनात्मक काम गर्ने उद्धेश्य रहेको कुरा अध्यक्ष सन्तोष खड्काले वताए ।

अव चाडै संस्थाको कार्ययोजना सार्वजनिक गर्ने वताउदै कतारमा रहेका सवै संघसंस्थाहरुसंग हातेमालो गरिने समेत खड्काले वताए ।

भेलाले दिल किरण खजुमको संयोजकत्वमा ५ सदस्यीय विधान शंशोधन मस्यौदा समिति गठन गरेको छ । समितिमा कुमार कार्की, योगेन्द्र कार्की, सन्तोष खड्का र दीपक रिमाल रहेका छन् ।