यूएई । सुदूरपश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सबै सुदूर पश्चिम बासीहरुलाई एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्दै गत वर्ष जस्तै यस वर्ष पनि २६ अगस्त २०१६ शुक्रबारका दिन जाबेल पार्क बरदुबईमा धुमधामका साथ ुगौरा पर्बु मनाउने भएको छ ।
हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियानु भन्ने मुल नारा लिएर गठन भए देखि नै आपत्ति र बिपत्तीहरूमा मानबिय सहयोगका कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भरपर्दो र विश्वसनीय संस्थाका रुपमा चिनिएको सुदूर पश्चिम सेवा समाज युएईले आफुले गर्दै आएका कार्यहरुलाई निरन्तरता दिदै यहि २६ अगस्त २०१६ शुक्रबारका दिन जाबेल पार्क बरदुबईमा गौरादेबीको पूजाआजा गर्दै बिरुडा प्रसाद सँगै नाचगान गरेर ९बिशेष देउडा खेलेर गौरा पर्ब मनाउन लागेको बताइएको छ ।
अन्य संघ संस्थाका कार्यक्रमहरु भन्दा बेग्लै किशिमले मनोरन्जन दिदै सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको सुदूर पश्चिम सेवा समाज युएईले ुगौरा पर्ब २०१६ु कार्यक्रममा पनि देउडा खेलेर नाचगान गर्दै बिशेष रुपमा मनाउने पूर्ण तयारी भई सकेको संस्थाकि कोश्याध्यक्ष टिकेश्वरी भण्डारी बोगटीले हामीलाई बताएकि छन ।
सुदूर पश्चिमी पहाडका गाऊ गर्खामा सुनिने गौराका गीतहरुको रन्को सुदूर पश्चिमेलीहरुले काठमाण्डौको खुल्ला मन्चमा पनि हरेक बर्ष मनाउदै आएका छन् भने एक बर्ष पहिले नेपाल भन्दा बाहिर कुनै पनि देशमा सुदूरपश्चिम सेवा समाज यूएईले दुबईमा मनाएको गौरा पर्ब आजकाल नेपालमा मात्र नभएर बैदेशिक रोजगारीको शिलशिलामा अन्य देशलाई आफ्नो कर्मभुमी बनाएका सुदूर पश्चिमेलीहरुले समेत मनाउन थालेका छन् ।
















प्रतिक्रिया