काठमाडौं, २१ साउन । प्रधानमन्त्री पदबाट बाहिरिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पूरानो ट्वीटर ह्याण्डल सञ्चालनमा ल्याएका छन् ।
सत्ताबाट बाहिरिएको दुई दिनपछि शुक्रबारबाट ओलीले पूरानो टवीटर चलाउन सुरु गरेका छन् । पहिलो ट्वीटमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
ओलीले प्रधानमन्त्रीको रुपमा प्रयोग गर्दै आएको अफिसियल ट्वीटर पिएम नेपाल प्रचण्डको सचिवालयले चलाउन शुरु गरेको छ ।
ओलीले ब्यक्तिगत ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘मलाई प्रमको रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद !’














प्रतिक्रिया