१९ कार्तिक २०८३, बिहिबार

पुरातात्विक र धार्मिक पर्यटकको केन्द्रबिन्दु वुद्धमावली देवदह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Greater lumbini RC (2)

– बिन्दु थापा

बुटवल २१ साउन । शान्तिका अग्रदुत गौतम बुद्धको मावली क्षेत्र अर्थात रुपन्देहीको देवदह । वौद्ध ग्रन्थका अनुसार बुद्धको मावली मात्र होइन श्रीमती यशोधराको माइती अर्थात बुद्धको ससुराली पनि हो देवदह ।

वुद्धकी सुसारे गौतमीको जन्म तथा बाल्यकाल बितेको स्थान । वुद्धका बाल्यकालका पनि धेरै क्षण बितेका थिए देवदह क्षेत्रमा । वुद्धकालिन धेरै स्थान लोप भए यसकारण यहां दर्जन बढी ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु अहिले पनि छन् । यसैले धार्मिक रुपमा होस् या पुरातात्वीक दुवै हिसावले महत्वपूर्ण देवदहमा आन्तरीक तथा बाह्य पर्यटक घुम्नका लागि आउने गरेका छन् । पुरातात्वीक स्थलमा पुग्नेहरु घण्टौसम्म त्यहाको दृश्यावलोकनमा समय बिताउने गर्छन् । आत्मैदेखि शान्ति महसुस गर्छन् र हराउंछन् त्यहाका पुरातात्वीक स्थलहरुमा । देवदहमा पाकरी वृक्ष, कन्यामाई, बैरीमाई, भवानीपुर, खयरडाडा, प्राचिन रोहिणी नदी, माथागढी, देवी दमार, कुवरवर्ती प्रमुख रहेका छन् ।

वुद्धको मावली क्षेत्र वुद्धका पुरातात्वीक वस्तुहरुले भरिपुर्ण क्षेत्रका बीचबीचमा हिन्दुहरुले मान्ने भगवती तथा देवीहरुका मन्दिरले यहा वौद्ध धर्मावलम्बीसंगै हिन्दुहरु पनि पूजाआजा र दर्शनका लागि पुग्ने गरेका छन् । लुम्बिनी भ्रमण वर्ष सुरु भएपछि वौद्ध क्षेत्रको गन्तव्यमध्ये देवदहलाई पनि समावेश गरिएको छ । जसअनुसार वौद्धपथ निर्माणको काम पनि देवदह आसपासका क्षेत्रहरुमा भइरहेको छ ।

देवदहको सबैभन्दा चर्चीत स्थल हो पाकरी वृक्ष । वौद्धमार्गीहरुको महत्वपुर्ण मानिने यो रुख शितलनगरमा छ । हात्तिको सुंढ, वुद्ध मुर्ति, शीव लगायतका विभिन्न आकृति रहेको यसको ८२ फीट गोलाई र ९५ फीट उचाई छ । पाकरीमा हात्तिको सुंढ, वुद्ध मुर्ति, शीव लगायतका विभिन्न आकृति रहेका छन् भने काग, गिद्ध लगायतका मांसाहारी चरा नबस्ने र चराले गुंड नलगाउने अदृष्य शक्ति छ । यी आकृतिको दर्शन गरे मनोकांक्षा पुग्ने भन्दै टाढा टाढाका वुद्ध र हिन्दु धर्मावलम्बीहरु यस रुखको दर्शन गर्न आउने गरेको स्थानीय हरु बताउछन् । स्थानीय हिन्दुले पनि विष्णुका रुपमा रुख र रुखभित्र रहेका शिवमूर्तिमा धार्मिक आस्था अनुसार पूजाआजा गर्न पाउने सुनेपछि आफु पुजा गर्न आएको आन्तरीक पर्यटक स्याङजा विकास कार्किले बताए । पछिल्लो समयमा रुख नजीकका मानिस र लुम्बिनी विकास कोषको व्यवास्ताका कारण समयमा रुख काटिदै गएको छ । यसमा देवदहको बचाउमा लाग्नेहरु दुखी भएको स्थानियले गुनासो गरे । देवदहको अर्को महत्वपूर्ण स्थान हो कन्यामाई । केहि बर्ष अगाडि लुम्बिनी विकास कोष र पुरातत्व विभागद्धारा यहां उत्खनन् गरीएको थियो । त्यसबाट वुद्ध मावलीका अवशेष प्राचीन इनार, दरबार, शिलालेख , बुद्धताराको मुर्ति, मातृकाको मूर्ति, मुकुण्डो, महिलालाको अर्धकट्टी मूर्ति, वुद्धको अर्धकदको मुर्ति, ढुंगाका मुर्ति, तामाका औठी माटोका भाडा , प्राचीन दरबार, दरबारभित्र खोपी, पूजा कोठा ,स्नान स्थान लगायत भेटिएका थिए । ती धेरैजसो वस्तु देवदहमा राखीएका छन् । देवदहकै सबैभन्दा बढी पुरातात्वीक वस्तु रहेको मानिने वुद्धकालिन कोलिया राज्यको भवानीपुर अर्को रमणीय स्थल हो । जहां पर्यटन मन्त्रालय अन्तरगत लुम्बिनी क्षेत्र पर्यटन प्रर्वद्धन समितिले पक्की पोखरी, पर्खाल, स्वागतद्धार लगायत निर्माण गरेको छ । भित्र मायादेवीको मन्दिर, प्राचिन कुवा प्राचिन अशोक स्तम्भ लगायतका प्राचिन अवशेषहरु छन् । जसमा यो वर्ष पुरातत्व विभागले उत्खनन थालेको छ । पूर्वाधारसमेत निर्माण भएको र भित्र धेरै क्षेत्रमा पुरातात्वीक वस्तु रहेकाले देवदह पुग्ने धेरै भवानीपुर घुम्ने गरेको स्थानीय को भनाई छ ।

देवदह नगरपालीका का प्रमुख गणेश घिमिरेका अनुसार वुद्ध सम्बन्धी धेरै इतिहास पत्ता लगाउन भन्दै पछिल्लो समयमा श्रीलंका, कोरिया, चीन लगायतका देशका दाताहरु देवदहको विकासका लागि योजना लिएर आएका छन् । तर सबै क्षेत्रमा उत्खनन नगरी पुर्वाधार विकासका काम गर्न नपाएपछि उनीहरु त्यत्तिकै फर्कने गरेका छन् । एकातिर उत्खनन विना चाहेजस्तो विकास गर्न सकिएको छैन भने अर्कोतिर पुरातात्विक तथा धार्मिक वस्तुहरु एकपछि अर्को हराउदै गएका छन् । पुरातात्वीक स्थल अतिक्रमण हुदै गएका छन् । यसो हुनुमा स्थानीयले चासो नदिनु हो भन्छन् उनि । स्थानियले यो काममा कुनै चासो दिने गरेका छैनन् त्यसैले अब हामिले नै केहि गर्नुपर्छ भन्ने सोचले रोज गार्डेन बनाउने सोचेका छौ । उनले भने । जहिले सम्म स्थानियले भवानिपुरको विकाश गर्नुपर्छ भन्ने बुझदैनन् तबसम्म विकासको फड्को मार्न सक्दैन उनले बताए । यसले गर्दा दुखी भएका स्थानीयले पुरातत्व विभागसंग तत्काल सबै महत्वपुूर्ण क्षेत्र उत्खनन गरी पुरातात्विक क्षेत्रलाई लोप हुनबाट बचाउन माग गरेका छन् ।