१९ कार्तिक २०८३, बिहिबार

बसको ठक्करबाट बागबजारमा महिला गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । कपन–चावहिल–कालोपुल–बागबजार हुँदै कालिमाटी–स्वयम्भू रुटमा चल्ने संयुक्त यातायातको बसले स्कुटीलाई ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छन् ।

बिहान १०ः३० बजे रत्नपार्कतर्फ गइरहेको बा ३ ख ४८९७ नंको बसले पुतलीसडकतिर गइरहेको बा ६३ प ३९१७ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक नेहा साह गम्भीर घाइते भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजङ्ग साहले जानकारी दिनुभयो ।

घाइते साहको वीर अस्पताल ‘ट्रमा सेन्टर’मा उपचार भइरहेको छ । बसका चालक र परिचालक फरार छन् । बसलाई वृत्तले नियन्त्रणमा लिएको छ । बसले स्कुटीलाई ठक्कर दिएपछि केहीबेर यात्रु र स्थानीयवासीले बागबजार सडक जाम गरेका थिए । आक्रोशित मानिसले बसको अगाडिको सिसा फुटाइदिएका छन् । रासस