१ कार्तिक २०८३, आइतबार

बलात्कार मुद्दामा फिल्मका सहनिर्देशक फसे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

faruqiनयाँदिल्ली । बलिवुड फिल्म ‘पीपली लाइभ’का सहनिर्देशक महमूद फारुकीलाई नयाँदिल्लीको साकेत कोर्टले बलात्कारी ठहर गरेको छ ।

फारूकीले अमेरिकी महिलालाई बलात्कार गरेका थिए । सोही मुद्दामा शनिबार फैसाल सुनाउँदै फारूकीलाई सजाय तोकिएको थियो । फारुकीलाई सात वर्षको सजाय तोकिएको छ ।

जमानतमा रिहा भएका फारूकीविरुद्ध फैसला हुनेवित्तिकै हिरासतमा लिइएको थियो । अतिरिक्त सत्र न्यायाधीश संजीव जैनले दण्ड संहिताको धारा ३७६ (बलात्कारको सजाय) अनुसार दोषी पाइएको थियो । – एजेन्सी