३० आश्विन २०८३, शुक्रबार

सभापतिहरुको निर्वाचन भदौ ११ मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICCकाठमाडौ, ६ भदौ । संसदीय समितिका सभापतिहरुको निर्वाचन भदौ ११ गते हुने भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार आगामी सोमबार बस्ने संसदको बैठकमा सभामुख नेम्वाङ्गले संसदीय समितिका सभापतिको निर्वाचन कार्यक्रम घोषणा गर्नेछन् ।

त्यसअघि उनले दलहरुलाई आ-आफ्ना सदस्यको समिति हेरफेरको अन्तिम मौका दिनेछन् । समितिका सम्भावित सभापतिहरु अर्को समितिमा रहेको हुन सक्ने भएकाले निर्वाचन प्रक्रिया सुरु हुन अगावै यस्तो मौका दिइन लागिएको हो ।

यसअघि नेम्वाङ्गले भदौ ४ गतेका लागि घोषणा गर्न लागेको निर्वाचन कार्यक्रम संसदमा कोरम नपुगेर बैठक अवरुद्ध भएका कारण स्थगित भएको थियो ।

संसदीय समितिका सभापति भागण्डाबारे प्रमुख दलहरुबीच सहमति भएपनि आन्तरिक रुपमा उम्मेद्वार तोक्न बाँकी छ । सहमति अनुसार सत्तारुढ कांग्रेस-एमालेले ४-४, प्रमुख प्रतिपक्षी एमाओवादीले २ र राप्रपा नेपाल, मधेशीदल र साना दलहरुले १-१ समितिको नेतृत्व पाउनेछन् ।

विधि निर्माण सहित संसदका महत्वपूर्ण काम संसदीय समिति मार्फत हुने भएकाले सभापतिका लागि सबन्धित विषयको ज्ञान, अनुभव र समन्वयकारी ब्यक्तित्व आवश्यक पर्छ । चरम गुटवन्दीको सिकार भएका दलहरु आफुभित्र पनि भागवण्डा मिलाउनुपर्ने बाध्यतामा छन् ।

सम्बन्धीत दलहरुले सभापति कस्लाई बनाउने भन्ने औपचारिक निर्णय नगरेपनि काग्रेसमा गगन थापा, कुलबहादुर गुरुङ्ग, दिलबहादुर घर्ती र भिष्मराज आङदम्वे, एमालेमा रविन्द्र अधिकारी, प्रकाश ज्वाला, शेरधन राई र रञ्जु झाको नाम चर्चामा छ ।

एमालेका अधिकारी बाहेक अन्य सांसदहरु सम्बन्धित समितिमा नभएकाले संसदीय दल मार्फत समिति हेरफेरको सूची सचिवालयमा पुगेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

दलीय सहमति अनुसार कांग्रेसको भागमा संसदीय सुनुवाई, राज्यब्यवस्था, उपभोक्ता हित र उद्योग वाणिज्य समिति परेको छ भने एमालेले विकास, सुशासन तथा अनुगमन, अर्थ र महिला, वालवालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको नेतृत्व गर्नेछ ।

त्यसैगरी सार्वजनिक लेखाको नेतृत्व गरिसकेको एमाओवादीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको नेतृत्व पाउँदैछ । राप्रपा नेपालले सामाजिक न्याय तथा मानवअधिकार, मधेशकेन्द्रीत दलहरु मध्येबाट वातावराण संरक्षण र साना दलबाट विधानय समितिको नेतृत्व चयन हुनेछ ।

संसदको कार्यसञ्चालन नियमावली अनुसार विधायन समिति सहित १२ विषयगत समिति र दुई वटा विशेष समिति मध्ये सुरक्षा विशेष समितिमा सभामुखनै पदेन सभापति हुन्छन् भने लेखा समितिको सभापतिमा एमाओवादी सांसद जनार्दन शर्मा निर्वाचित भइसकेका छन् ।