काठमाडौं, २१ साउन । पूर्वनिर्धारित समयभन्दा ४१ मिनेट ढिलो नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिए ।
शीतलनिवासमा बिहीबार अपरान्ह ३ः४१ बजे आयोजित कार्यक्रममा राष्ट्रपतिमार्फत प्रधानमन्त्री पदको शपथ लिने क्रममा प्रचण्डले ईश्वरको नाम उच्चारण नगरी राष्ट्र र जनताका नाममा मात्र शपथ लिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यसैगरी राष्ट्रपति समक्ष मञ्चभन्दा तल नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि पद तथा गोपनीयताको शपथ लिए ।
शपथ लिनेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रशेम लेखक, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, कृषिमन्त्री गौरीशंकर थारुले पनि सोही समारोहमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए ।
संविधानको धारा ८० मा शपथको व्यवस्था भए अनुसार, ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष आफ्नो कार्यभार समाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयता शपथ लिनु पर्नेछ ।’
संविधानमा व्यवस्था भए अनुसार शपथमा रहेको ईश्वर, राष्ट्र र जनतामा ईश्वरको नाम उच्चारणविना माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित अन्य दुई मन्त्रीले पनि शपथ लिएका थिए ।















प्रतिक्रिया