१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न चन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mabir_pun

भक्तपुर, २० साउन । समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुट्नुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न अब चन्दाको विकल्प चैन भन्नुभयो ।

सरकारले नास्टमा कर्मचारीलाई तलब खुवाउने बाहेक अन्य काम नगरेको र विज्ञान मन्त्रालयले नेपालको विज्ञानका क्षेत्रमा कुनै परिवर्तन गर्न नसकेको उहाँको आरोप छ । पुनले भन्नुभयो, “जुनसुकै सरकारले पनि आश्वासन मात्रै दिए, सरकारले गर्नुपर्ने काम हामीले गर्न खोज्दा पनि बजेट नपाएपछि म र साथीहरु मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा केन्द्रलाई दियौँ, अरु बजेट जुटाउन चन्दा खोज्दैछौँ ।”

केन्द्र सञ्चालनका लागि सरकारसँग १० मेगावाट विद्युत्को माग गरिएको उहाँले बताउनुभयो । पुनले नेपालमा भएका सम्भावनाको खोजी गरेर त्यसलाई बजारसम्म ल्याउन केन्द्रले सहयोगी भूमिका खेल्नाका साथै केन्द्रमा पढेलेखेकाले मात्र नभएर ज्ञान र सीप भएकाले नेपालका लागि योगदान दिन सक्ने बताउनुभयो । रासस