१९ कार्तिक २०८३, बिहिबार

नेविसंघको ११औं महाधिवेशनमा को-को छन् उम्मेदवार ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student Nebisangh congress

काठमाडौं, २० साउन । नेपाल विद्यार्थी संघको ११औं अधिवेशन नजिकिदै गर्दा अधिवेशन स्थल भृकुटी मण्डप दुलही झै सिंगारिएको छ । तुल, ब्यानर, भित्ते लेखन, झण्डा लगायतले भरिभराउ भएको छ भने उम्मेदवारहरुको भिड पनि जम्मा हुने स्थल बनेको छ ।

शुरुमा काठमाडौं जिल्ला नेविसंघले प्रचार प्रसारको लागि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको थियो । अहिले सो क्षेत्र उम्मेदवारको प्रचार प्रसारको आधिकारिक स्थल जस्तो बनेको छ । अधिवेशन सम्पन्न गर्न नेपाली काँग्रेस पार्टीद्वारा गठित निर्देशन समितिले विधान पारित गरिसकेको छ भने विवादित जिल्लाहरुको प्रतिनिधिहरुको नामावली टुङ्गयाउन सकेको छैन । नेविसंघ केन्द्रीय समितिले सबै जिल्ला र क्याम्पसमा रहेको विवाद टुंग्याएको दावि गरेकामतिले सबै जिल्ला र क्याम्पसमा रहेको विवाद टुंग्याएको दावि गरेको छ ।

विवाद समाधान गर्न बसेको निर्देशन समिति भित्र विवाद भई समस्या समाधान हुन सकेको छैन । महाधिवेशनप्रति असन्तुष्टि राखि दुई समुह सानेपा पार्टी कार्यालयमा आमरण अनशन बसेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले माग संवोधन गरिदिने वचन दिएपछि कुन्दन काफ्ले समुह अनशन तोड्ने पक्षमा पुगेको छ । अर्को पूर्व नेविसंघ अध्यक्ष महेन्द्र शर्मा समुह पनि अनशनको माध्यमबाट माग पुरा गराउन लागि परेकाछन् । नेविसंघ केन्द्रीय समिति भित्र पनि चर्को विमति छ । अधिवेशन सम्पन्न गर्दा भूमिका नदिएको भन्दै अध्यक्ष रंजित कर्ण समुहका मनोहरि श्रेष्ठ, लेखनाथ पोख्रेल समुह विद्रोह गरि अर्को पक्षमा लाग्ने तयारि गरेका छन् ।

नेविसंघ भित्र आफ्नो पक्षमा बाजी मार्ने भन्दै पार्टी नेताहरु पनि विभाजित भएका छन् । आ–आफ्नो समुहको टिकट वितरण देखि आफ्नो समुहलाई चुनाव जिताउने कसरतमा लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघ महाधिवेशनका कारणले गर्दा आफ्नो पक्षले हार्ने डरले मन्त्रिहरुको सूचि पनि तयार गर्न सकेका छैनन् । गुट परिवर्तन गरि देउवा पक्षमा लागेका चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल लगायतलाई मन्त्रिमा समावेश नगरिए नेविसंघमा बरिष्ठ नेता पौडेल पक्षलाई जिताइृदिने तयारिमा छन् । त्यस कारण सभापति देउवा नेविसंघ महाधिवेशन पछि मात्र मन्त्रि छान्ने तयारिमा छन् ।

यता पौडेल पक्षले भने आफ्नो पक्ष जिताउनको लागि नेविसंघका पाँच जना पूर्व अध्यक्षलाई जिम्मा लगाएको छ । पाँच सदस्य समितिले आफ्नो समुहको प्यानल जिताउनको लागि छलफल गरेको छ । नेविसंघको अधिवेशन आगामी २३ गते देखि शुरु हुन लागेको छ । सभापति देउवा पक्षबाट अध्यक्षमा नैनसिंह महर, जितजंग बस्नेत बरिष्ठ नेता पौडेल पक्षबाट अध्यक्षमा मनोजमणि आचार्य, क्षितिज भण्डारी, निलकण्ठ रिजाल, दिपक भट्टराई तेस्रो समुह सिटौला पक्षबाट कुन्दन काफ्ले तथा खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेत र कुनै पनि पक्षबाट नभई स्वतन्त्र उम्मेदवारको रुपमा वाल्मिकि क्याम्पसका पूर्व सभापति लक्ष्मण आचार्यले आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।

त्यसै गरि महामन्त्रिमा मोतिलाल भण्डारी, उर्मिला थपलिया, मनोज वैद्य लगायत एक दर्जन भन्दा बढिले दावि गरेका छन् त्यसै गरि सहमहामन्त्रिमा सुरेन्द्र लामा लगायतले घोषणा गरेको भन्ने कुरा केन्द्रीय सदस्य मोतिलाल भण्डारीले वताए ।