१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा पन्ध्र घरपरिवार विस्थापित हुने खतरामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २० साउन । अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।

भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । लगनखेलबाट ३५ किलोमिटरको दूरीमा पर्ने सो स्थानका बासिन्दा यसबाट त्रसित बनेको बताइएको छ । सो स्थानमा बसोबास गर्ने विष्णुप्रसाद घिमिरे, अर्जुन घिमिरे, रामशरण सापकोटा लगायतका घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ ।

पहिरोले व्यक्तिगतरुपमा रहेको सय रोपनी जग्गा खण्ड–खण्डमा परिणत गरेको छ । पहिरोले गर्दा त्यस क्षेत्रमा सवारीसाधन सञ्चालनमा समस्या भएको उहाँले बताउनुभयो । दैनिक रुपमा उत्पादन भएको तरकारी, दूध, दुग्धजन्य पदार्थलगायत सामग्री बजारसम्म ल्याउन जटिल समस्या भइरहेको उहाँले बताउनुभयो । रासस