११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री निर्वाचनमा यो दुई जोडीको रोचक दृष्य

17.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २० साउन । बुधबार नयाँ प्रधानमन्त्रीको निर्वाचन भइरहेका बेला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको चमेनागृहमा कांग्रेस सांसद ओमदेवी मल्लको अर्कै चर्तिकला देखियो ।

गुलाबी रंगको साडीमा सजिएर आएकी ओमदेवीले आफ्ना पति केदार ढकाललाई पनि साथै ल्याएकी थिइन् । नीलो शर्ट लगाएका केदार ढकालको पनि चमेनागृहमा अर्कै फुर्तिफार्ती थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

नेपाल प्रहरीका एसपी केदार ढकाल र ओमदेवीका क्रियाकलापलाई अन्य सांसदहरूले नियालिरहेका थिए । निधारमा रातो टीका लगाएकी सांसद मल्ल र ढकालवीच भर्खरै विवाह भए जस्तो देखिन्थ्यो ।

चमेनागृहमा भीड भएकाले पत्नी र आफ्ना लागि केदारले चाउमिन बोकेर टेबुलसम्म ल्याएका थिए । हुन त मल्लले ढकालसँग दोस्रो विवाह गरेकी हुन् । ढकालको पनि दोस्रो बिहे हो ।

बेलाबेला विवादमा आइरहने यो जोडीको चुरीफुरी देख्ने कांग्रेस सांसदहरूले जिब्रो टोक्न समेत भ्याए । बुढेसकालमा पनि भर्खरैको जस्तो देखिएको यो जोडीको चर्तिकला बुधबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हेर्न लायकको थियो ।

उता, संसद बैठक चलिरहँदा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलको पुच्छारमा बसेका राप्रपा नेपालका पूर्व राज्यमन्त्री कुन्ति शाही र पूर्व सहायक मन्त्री रेशम लामा भने मोबाइलमा फेसबुकका तस्बिर हेरेर रमाउँदै गरेका थिए । सँगै बसेका शाही र लामाले कुन त्यस्तो फोटो हेरेका हुन् त्यस बारेमा उनीहरू केही बताएनन् ।

कुनामा बसेर मोबाइलमा तस्बिर हेरेर रमाइ रहका शाही र लामाको क्रियाकलापलाई संसद भवनको टेलिभिजनले पटक–पटक देखाएको थियो । कुनामा बसेर तस्बिर हेरिरहेका उनीहरू बेलाबेला खित्का छाडेर हाँस्ने पनि गर्थे ।