पोखरा, २० साउन । पर्यटकीय शहर पोखरा सामान्य व्यक्तिहरुको लागि भन्दा हुने खाने ठालुहरुका लागि लुटको स्वर्ग बन्दै गएको छ । ठूला व्यापारी र तस्कर माफियाहरुका लागि पोखरा रोमान्स गर्ने डेटिङ स्पट बन्ने गरेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
यस्तै पछिल्लो समयमा पोखरा सरकारी कर्मचारी तथा उच्च सरकारी अधिकारीहरुका लागि सरकारी स्रोत साधन दुरुपयोग गर्ने अखडा बन्दै गएको छ । नेपालका विभिन्न भेगमा कार्यरत उच्च सरकारी अधिकारीहरु आफूत सरकारी स्रोत साधनको दुरुपयोग गर्दै नै आइरहेका थिए नै उनीहरुका आफन्तले समेत सरकारी साधको दुरुपयोग गर्न थालेका छन् ।
कुरा योजना तथा निर्माण मन्त्रालय अन्तर्गतको हो । श्रावण १२ गते राती वुधबार पोखराको नागढुंगा स्थित बाजेको सेकुवा रेष्टुरेन्ट अगाडि एउटा सरकारी नम्वर प्लेटको सवारी साधन निकै लामो समय देखि बसिराखेको देखेपछि विप्लव माओवादीका कार्यकर्ताहरुले सोधपुछ सुरु गरे । पछि थाहा भयो मन्त्रालयको गाडीमा पोखरा घुम्न आएकाहरु सरकारी कर्मचारी हैन कर्मचारीका नातागोत र आफन्त रहेछन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय वैदाम वुझाइयो । वैदाम प्रहरीले उनीहरुलाई छोडेर गाडी नियन्त्रणमा लियो । १३ गते विहिबार कास्की प्रशासनले मन्त्रालयलाई टेलिफोन गरेर सरकारी गाडी असम्बन्धित व्यक्तिलाई दिइएको बारेमा सोधपुछ गरेर गाडी लिन आधिकारिक मान्छे पठाउन अनुरोध गरेर त्यसमा आएका व्यक्तिहरुलाई व्यक्तिगत प्रवन्ध मिलाएर जान भनियो ।
जनताको रगत पसिनावाट जम्मा गरिएको राज्यकोषवाट खरिद गरिएको सवारी साधन व्यक्तिगत वयौती जस्तै दुरुपयोग गर्ने मन्त्रालयका उच्च अधिकारीहरुलाई कारवाही गरिनु पर्ने माग बढेको छ । सचेत पोखरेली जनताहरुले राज्यमाथिको लुट रोक्न खवरदारी गर्दै अव पनि यस्तै घटना देख्न परेमा भौतिक कारवाहि गर्न पनि पछि नपर्ने भन्दै राज्यका निकाय र दुरुपयोग गर्ने तत्वलाई खवरदायी गरेका छन् ।
त्यसो त यो फरक प्रवृत्तिको दुरुपयोग हो । यस्ता दर्जनौ सरकारी सवारी साधनहरु विभिन्न जिल्लाबाट पोखरामा विभिन्न वहाना वनाएर आउने र रातभर दारु पार्टी, डान्सवार र दोहोरीमा दौडने दृश्यहरु देख्न परेको फेहरिस्त लामै रहेको छ । राज्यको ढुकुटी माथिको छुट रोक्न राज्यकै निकायहरु सकृय रहन सके दुरुपयोग नियन्त्रणमा आउन सक्ने अपेक्षा गरिएको छ ।
सरकारी स्रोत साधन दुरुपयोग गर्ने रोक्न कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली समक्ष ध्यानाकर्षण गराउँदा कास्की प्रहरी प्रमुख मार्फत् जिल्ला ट्राफिक कार्यालय कास्कीलाई दुरुपयोग नियन्त्रण गर्न खटाइने प्रतिवद्धता जनाएका छन् ।
प्रजिअ मैनालीले भने–‘राज्यको सम्पत्ति सरकारी काममा वाहेक व्यक्तिगत काममा प्रयोग गर्नु दुरुपयोग हो यसलाई रोक्नै पर्छ ।’ जनताको सेवामा खटिने सरकारी कर्मचारी काम चोरेर व्यक्तिगत काममा हिड्ने प्रवृत्ति पनि रोक्नु जरुरी छ । हाजिर गरेर जन्त जाने, पिकनिक जाने, गरिएको पनि फेला पर्ने गरेका छन् । कर्मचारीको आचारसंहिता फितलो भएका कारण ढिलासुस्ती, अनियमितता वढेको सवैले वुझेका छन् । तर मुसाहरुको वैठक झै कसले वाध्ने विरालाको घाटीमा घण्टी ?















प्रतिक्रिया