१९ कार्तिक २०८३, बिहिबार

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने खनाल पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3काठमाडौँ, १९ साउन । क्यानडा पठाइदिने भन्दै १८ जनालाई ठगी गर्ने ब्राइट फ्युचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक रामप्रसाद खनाललाई महानगरीय अपराध महाशाखा, काठमाडौँले पक्राउ गरेको छ ।

कन्सल्टेन्सी सञ्चालक खनालले दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जीतेन्द्र शेरचन, रवीनकुमार रौनियार, कृष्ण पाण्डे, देवराज राई, नवीनकुमार झा, उमेश खड्का, रेखा कडरिया, कल्पना कडरिया, निशा बराल, रिमा क्षेत्री, विक्रान्त केसी, राजन सुवेदी, रामचन्द्र पौडेल, सुनिल घिमिरे र बबिता गुरुङलाई क्यानडा पठाइदिने भन्दै रु ६५ लाख १४ हजार ५०० ठगी गरेका थिए ।

महाशाखाका अनुसार रकम उठाएपछि अर्घाखाँची खनदह–१ स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ बस्दै आएका सञ्चालक खनाल सम्पर्कविहीन भएका थिए । उनलाई महाराजगञ्जबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ । रासस